मुसहर बस्ती पुगेका महजोडीले भने,'धुर्मुस-सुन्तलीबाट सरकार र नेताहरुले सिकुन्'

मुसहर बस्ती पुगेका महजोडीले भने,'धुर्मुस-सुन्तलीबाट सरकार र नेताहरुले सिकुन्'

बर्दिबासः महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले देश बनाउन हिडेका धुर्मुस सुन्तलीलाई सवै नेपालीले खुलेर सहयोग गर्नु पर्ने बताएका छन्। स्थानीय पत्रकारहरुसँग कुराकानी गर्दै महजोडीले देश बनाउन हिँडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन सबैमा अपिल गरेका हुन्।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती स्थल पुगेका महजोडीले धुर्मुस र सुन्तलीले थालेको देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायक रहेको बताए।  रकेटको गतिमा काम भइरेको भन्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले भने,‘पुस २५ गते शिलान्यास भएको एकीकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच निर्माणको काम निकै अघि बढेछ। काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त बनेको छ।’

धुर्मुस र सुन्तलीले दर्शकलाई मात्रै नहसाएर अहिले विकासको काम गरेर देशैलाई हसाइरहेको उनले बताए। ‘५० मध्ये २० वटा घरको जग हालेर डण्डी ठडिसकेछ,‘ हरिवंशले भने,‘जाँगरिला हातको कमाल देखियो। धुर्मुस-सुन्तली बस्ती बनाउनुका साथै सबै नेपालीको मन जोड्न तराई झरेका हुन्। ’

maha-jodi-2

काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ। यति थोरै अवधीमा ५० वटा घर हस्तान्तरण हुन सक्ला...? भन्ने संचारकर्मीहरुको प्रश्नमा मदनकृष्णले भने,‘यहाँको काम गराइले तोकिएको अवधिमै घर हस्तान्तरण हुन्छ। हेर्नुस् त काम गर्दा नहुने के रहेछ र!’ दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा पनि घर निर्माणको काम गरिरहेका छन्। ६५ जना गाउँले श्रमदान गरिरहेका छन्।

धुर्मुस–सुन्तली फाउन्डेशनले काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चोर सकेर बर्दिवास मुसहर बस्तीमा घर निर्माणका लागि आएका हुन्। धुर्मुस र सुन्तलीसहितको जाँगरिलो नयाँ पुस्ता हास्य व्यंगमा मात्र धाराबाहिक श्रृंखला नपस्केर विकास निर्माणको धाराबाहिक श्रृंखला जनतासामू पस्किरहेको भन्दै मदनकृष्णले खुशी व्यक्त गरे।

उनले भने,‘नयाँ पुस्ता नयाँ काममा छ। के तपाईँहरुलाई शंका छ? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हसाउनेमात्र हैन, देश बनाउने पात्र पनि छन्। धुर्मुस र सुन्तलीको अभियानको सिको नेताहरुले नगरे नेताहरुको भोट गुम्छ। त्यसैले धुर्मुस र सुन्तलीले गरिरहेका काम नेताहरुका लागि चुनौती थपिएको छ।’

musahar-basti

दर्शक हसाउने र जनचेतना फैलाउने कामबाट धुर्मुस–सुन्तलीले विकास निर्माणकोे अभियानबाट सरकारले सिक्नु पर्ने हरिबंशले बताए। उनले भने,‘मदन दाइले भन्नु भयो नि† हामी हाम्रो नयाँ पुस्ताप्रति गर्व गर्छौं। धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकोस्।’ ‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसले भने,‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं।’ धुर्मसले सहयोगको लागि सबैमा अपिलसमेत गरेका छन्।

वर्षौंदेखि रोग, भोक र अशिक्षाका कारण पछि परेका महोत्तरीको बर्दिबास–२ स्थित मुसहर बस्तीको मुहार फेर्न एकीकृत नमुना मुसहर बस्ती नामक परियोजना अघि बढाएर धुर्मुस-सुन्तली फाउण्डेसनले काम थालेको छ। बस्ती बनाउन चार करोड ७८ लाख लाग्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.