शनिबार मध्यरातमा यसरी बरामद भयो सात करोड बढीको सुन

शनिबार मध्यरातमा यसरी बरामद भयो सात करोड बढीको सुन

काठमाडौं : चीनको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुनसहित एकजना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले ना १ ज ४९६४ नम्बरको टाटा सुमोबाट १५ किलो सुन बरामद गरेको हो। १५ किलो सुनसहित गाडीका चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेललाई पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

गाडीको इन्जिनमा रहेको भागमा ब्याट्रीको फलाममा लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको तामाङले बताए।

अवैध वस्तु राजधानीमा ल्याउदै गरेको सूचनाको आधारमा प्रहरीले चेकिङमा कडाई गरेको थियो। गोप्य सूचना अनुसार महानगरीय प्रहरी वृत्त बालाजुवाट खटिएको प्रहरी टोलीले रसुवाबाट आउने सवारी साधनको चेकजाँचका क्रममा १५ किलो सुन बरामद गरेको हो ।

सवारी साधनलाई चेक गर्ने क्रममा प्रहरीले शनिबार बिहान करिव १:३० बजे भक्तपुर सुयृविनायक नगरपालिका ११ बस्ने रविन्द्र भुजेलले चलाएको ना१ ज ४९६४ नं. को गोसाईकुण्ड यातायात व्यवसायी समिति लेखिएको रसुवा काठमाडौ चल्ने टाटा सुमोबाट सुन बरामद गरेको हो।

भुजेलले चलाएको गाडीको अगाडी इन्जिनको बयाट्री राख्ने भागको पछाडी तर्पm ‘फल्स बटम’ बनाई राखेको अवस्थामा सुन बरामद भएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार गाडीको इन्जिनमा लुकाई छिपाई राखेको अवस्थामा विस्कुट आकारको १५ वटा टुक्रा भेटिएपछि चालक भुजेलमाथि अनुसन्धान भइरहेको छ।

बरामद भएको सुनको बजार मूल्य ७ करोड २ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.