पाल्पामा बस दुर्घटना, दुईको मृत्यु, १८ घाइते

पाल्पामा बस दुर्घटना, दुईको मृत्यु, १८ घाइते

पाल्पाः बुटवलबाट पाल्पाको रामपुर तर्फ जादै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ना ४ ख ९२१८ नम्वरको बस गएराति सिलुवा गाविस वडा नं. ४ वैछापमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन ।

मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नं. ८ मटेरीका ३८ वर्षका लालसिंह थापा, अन्दाजी ३४ वर्षका सनाखत नभएका पुरुष रहेका छन । सनाखत नभएका पुरुषको साथमा रहेको टिकटमा भने यमबहादुर मात्र रहेको ठेगाना नभएको प्रहरीले जनाएको छ । बस सडक बाट एक सय मिटर तल खसेका छ ।

दुर्घटना स्थलबाट उपचारको क्रममा तानसेन ल्याउदै गर्दा दुवै जनाको बाटोमा मृत्यु भएको हो । घाईतेहरुको लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भईरहेको छ । दुर्घटना स्थल सदरमुकाम तानसेनदेखि ५५ किलोमिटर पुर्वमा पर्दछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.