यो शहरको भिडमा एक्लो छु म... (भिडियो रिपोर्ट)

यो शहरको भिडमा एक्लो छु म... (भिडियो रिपोर्ट)

सुदूरपश्चिमाञ्चलको डोटी जिल्लास्थित गरसेडा गाविसका लक्ष्मी भण्डारी हुन् यिनी । उमेर कति पुग्यो आफैलाई थाहा छैन । राम्रोसँग आँखा देख्दैनन् । कान पनि कम सुन्छन् । यिनका आफ्ना छोराछोरी छैनन् । नजिकका आफन्तले यिनलाई काठमाण्डौमा ल्याएर पशुपति क्षेत्र नजिक केही दिन अघि छोडेर गए ।

लक्ष्मी पटक पटक हात जोडेर आफुलाई सरकारले बनाएको घरमा पुर्याइदिन अनुरोध गरिरहेका थिए । उनी डोटेली भाषा बोलीरहदा सायदै केहीले बुझ्थ्ये ।

यसरी सडक तथा शहरमा बेसाहारा देखिने सयौ भेटिन्छन् । तर हाम्रो नजरमा यिनी पर्नुमा यिनले कम्मरमा जतन साथ बेरेर राखेको असी हजार रुपैयाका कारणले हो । उनी सुतेको बेला केही केटाहरुले यिनीसँग रहेको ६ हजार रुपैयाँ चोरेर मात्रै लगेनन् पिटेर समेत गए । यिनीसँग पैसा थियो र हेर्नैहरुको भिड थियो ।

यो शहरमा सबैले पिटे, मलाइ लुट्यो भनेर पिडा सुनँइरहेका थिए । यो कम्मरमा बाधेर लुकाएर राखेको ८० हजार रुपैयाँ यिनीले आफुलाइ पाल्ने व्यक्तीलाइ दिन्छु भनेर राखेको थिए ।

यिनका आफन्तले फेरी फर्केर नआउनु भनेका रहेछन् । यिनी भन्दै थिए, म त पहिला पनि साहारा विहिन । अव त आफन्त्ले समेत घर फर्कर्ने ढोका बन्द गरिसके । हावाले छेक्ने र दुइ छाक खाना पाउने ठाँउ खोजिदिन आग्रह गरिरहेका थिए । त्यहि पर वागमति नदी त्यसरी नै सुसाइरहेको थियो । छेउमै, आर्यघाटमा पुतपुताइ रहेको धुँवा अनन्त आकाशमा विलिन भइरहेको थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.