नुवाकोटमा ३४ हल गोरु जुधाइयो (फोटोफिचर)

नुवाकोटमा ३४ हल गोरु जुधाइयो (फोटोफिचर)

नुवाकोट: माघे संक्रान्तिका अवसरमा शनिबार नुवाकोटका विभिन्न स्थानमा गोरुमेला गरिएको छ । माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविसमा यस वर्ष पनि गोरु जुधाइयो । नुवाकोटमा मात्र माघेसंक्रान्तिमा मनाइने गोरुजुधाइ मेलामा ३४ हल गोरु जुधाइएको छ । नुवाकोटको तारुका ५ चन्दनीमा शनिबार १८ हल, गेर्खु गाविस ९ बेत्रावतीमा १० हल र पञ्चकन्या गाविस २ मा पनि ६ हल गोरु जुधाइएको छ ।

तीनै स्थानमा गोरु जुधाउनुका साथै स्थानीय कलासंस्कृति, भजन तथा पञ्चेबाजासहित विभिन्न मनोरञ्जन गरेर माघेसंक्रान्ति मेला मनाइएको छ । जित्ने गोरुका धनीलाई दुई हजार रुपैयाँ तथा हार्ने गोरुका धनीलाई एक हजार पाँच सय रुपैयाँ पुरस्कार दिइएको छ । विगतमा तारुका र बेत्रावतीमा मात्र गोरु जुधाउने गरिएकोमा गतवर्षदेखि नुवाकोटको पूर्वीभेगमा रहेको पञ्चकन्या गाविसमा समेत गोरु जुधाइएको हो । तारुकामा रक्षामन्त्री बालकृष्ण खाँडले गोरु जुधाइ मेला उद्घाटन गरेका हुन् ।

तारुकाको गोरुजुधाइ मेलालाई राष्ट्रिय महत्त्वको पर्वका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । त्यसका लागि आफूले सक्दो सहयोग गर्ने उनले बताए । नुवाकोटकै गेर्खु गाविस ९ वेत्रावतीमा भने चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले गोरुजुधाइ मेलाको उद्घाटन गरे । नुवाकोटको गोरुजुधाइ विश्वकै नमुना भएकाले यसको संरक्षण एवं संवद्र्धनमा सबै जुट्नुपर्ने उनको भनाइ छ ।

'तारुकाको पौरख नेपालीको गौरव' भन्ने मूल नाराका साथ माघे संक्रान्तिको अवसरमा गरिने उक्त प्रतियोगितालाई १२ वर्षदेखि विशेष पर्वका रूपमा मनाइँदै आएको तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेश शाक्यले जानकारी दिए । तारुकामा कहिलेदेखि गोरु जुधाइ सुरु भयो भन्ने विषयमा यकिन जानकारी नभएको उनको भनाइ छ । तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह मावली गाउँ आउँदा उनलाई मनोरन्जन प्रदान गर्न गोरु जुधाउने गरेको किंवदन्ती रहेको उनले बताए ।

नुवाकोटको गोरु जुधाउने मेलाले आन्तरिक एवं बाह्य पर्यटकसमेत आकर्षित गर्ने गरेको छ । नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गाविस ५ चन्दनीमा सदियौंदेखि गोरु जुधाउने मेला गरिँदै आएको छ । तारुका गाविसको चन्दनीमा प्रतियोगिता जित्ने गोरुधनीलाई आयोजकले चार हजार रुपैयाँ र हार्ने गोरुधनीलाई प्रोत्साहनस्वरूप दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । आफूले तारुका गाविसको कलासंस्कृति जगेर्नाका लागि २५ वर्षदेखि गोरु पालेर जुधाउँदै आएको स्थानीय विष्णु श्रेष्ठले बताए । त्यसैले मेला आयोजकले गोरुका लागि विभिन्न औषधोपचारलगायत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

विगतमा मेलाबारे राजनीतिक खिचातानीसमेत हुने गरे पनि यस वर्ष भने सबैको सहमतिमा मेला सम्पन्न गरिएको स्थानीयवासीको भनाइ छ । समितिले गोरु पाल्ने किसानलाई अन्नपात, अण्डालगायत दानासहित दुर्घटना बीमासमेतको व्यवस्था गरिने जनाएको छ । घाइते गोरु तथा दर्शकको उपचारका लागि चिकित्सकको व्यवस्थासमेत गरिएको आयोजकको भनाइ छ ।

आवश्यकताअनुसार टाढाबाट आएका अवलोकनकर्ताका लागि 'होमस्टे'को समेत व्यवस्था गरिएको थियो । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पनि यस वर्ष उत्साहउमंगका साथ गोरुजुधाइ गरिएको हो ।

तुलनात्मक रूपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानवीय क्षति भए पनि भौतिक रूपमा ध्वस्त भएको बस्तीका जनताको पीडा भुलाउँदै आन्तरिक एवं बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गरिएको आयोजक समितिले जनाएको छ । २०५८ सालदेखि व्यवस्थित रूपमा गरिँदै आएको प्रतियोगिता अवलोकनका लागि तारुकामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ ।

तीनै स्थानमा गोरु जुधाउने मेला यस वर्ष महोत्सवको रुपमा मनाइएको हो । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.