पाल्पामा बस दुर्घटना, दुर्इको मृत्यु

पाल्पामा बस दुर्घटना, दुर्इको मृत्यु

रामपुर: पाल्पामा भएको बस दुर्घटनामा दुर्इजनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

पाल्पाको सिलुवा-४, बैछापमा गएराति बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना ४ ख ९२१८ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा र सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो। बसमा सवार २४ जना यात्रु सवार थिए।

बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.