‘क्वान्टिको’ छायांकनमा प्रियंका घाइते : एक साता आराम गर्न सुझाव
काठमाडौंः बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा अमेरिकाको चर्चित टेलिभिजन सिरियल ‘क्वान्टिको’ को छायांकनका क्रममा घाइते भएकी छिन् । केही समय अघि ‘क्वान्टिको’मा हट सिन दिएर चर्चामा आएकी प्रियंका घाइते भउपछि अस्पताल भर्ना भएकी छिन्।
अभिनेत्री प्रियंका चोपडा एक्सन थ्रिलर सेरिज ‘क्वान्टिको’को छायांकनका क्रममा न्युयोर्कमा घाइते भएकी हुन् । फौरन हस्पिटलमा उपचारपछि चिकित्सकको निगरानीमा आराम गरिरहेकी प्रियंकाको अवस्था सामान्य भएको बताइएको छ ।
अस्पतालले उनलाई एक सातापछि मात्र काममा फर्किन सुझाव दिएको छ ।