सरकारका प्रवक्ता भन्छन्-निर्वाचन जेठमा हुन्छ

सरकारका प्रवक्ता भन्छन्-निर्वाचन जेठमा हुन्छ

विराटनगर: सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताएका छन्।

विराटनगर विमानस्थलमा अाइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने बताएका हुन्।

मुलुकको संविधान प्रजातान्त्रिक र प्रगतिशील रहेको बताउँदै उनले मधेसको माग एकै पटकमा पूरा हुन नसक्ने स्पष्ट पारे। स्थानीय निकायको निर्वाचन तहगत आधारमा हुने कि नहुने भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता कार्कीले निर्वाचन हुनु आवश्यक रहेको र स्थानीय तहलाई सबैभन्दा शक्तिशाली बनाइएको बताए।

उनले विधेयकका सम्बन्धमा संसदीय अभ्यासमा एमाले पार्टी आउनु सकारात्मक पक्ष रहेको धारणा प्रकट गरे।रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.