अब भक्तपुरको जगातीबाटै लाइसेन्स

अब भक्तपुरको जगातीबाटै लाइसेन्स

भक्तपुर : भक्तपुरको जगातीबाट पनि अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ । सरकारको निर्णयाअनुसार भक्तपुरको जगातीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याइएको हो ।

भक्तपुरमा उक्त कार्यालय सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकाको मध्य पूर्वका जिल्लाहरुका सर्वसाधारणलाई लाइसेन्स लिन अब राजधानी धाउनु नपर्ने भएको छ ।

सर्वसाधारणले उक्त कार्यालयबाट लाइसेन्स नवीकरण र विदेशमा लिएको लाइसेन्सको नेपालीकरणसमेत गर्न सक्नेछन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबार एक कार्यक्रमबीच उक्त कार्यालयको उद्घाटन गरेका छन् ।

मन्त्री लेखकले भक्तपुर जगातीमा पनि नयाँ कार्यालय सञ्चालनमा आएपछि लाइसेन्स फारम भर्ने तथा लिने कार्य थप सजिलो र चाँडो हुने विश्वास व्यक्त गरे ।

उनले काठमाडौंको चाबहिलमा पनि एकसाताभित्र नयाँ कार्यालयमा सञ्चालनमा आउने जानकारी दिए ।

ललितपुरको एकान्तकुनाबाट मात्रै लाइसेन्स दिने व्यवस्था हुँदा सर्वसाधारणले धेरै नै सास्ती झेल्दै आएका थिए । लाइसेन्सको फारम बुझाउनसमेत २४ घन्टाभन्दा बढी लाइन बस्नुपर्ने बाध्यता भएपछि सरकारले गत असोज ६ गते काठमाडौं उपत्यकामा थप तीनवटा ठाउँबाट लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयानुसार पुस १७ गतेबाट स्वयम्भूस्थित सानो भ¥याङमा नयाँ कार्यालय सञ्चालनमा आइसकेको छ । त्यस्तै आइतबारबाट भक्तपुरको जगातीमा नयाँ कार्यालय सञ्चालनमा आएको हो ।

त्यस्तै सरकारले अनलाइनबाट नै लाइसेन्सको फारम भर्ने व्यवस्था गरिसकेको छ । विभागका अनुसार अहिले एउटा कार्यालयबाट दैनिक पाँचसय लाइसेन्सको फारम अनलाइनबाट भरिँदै आएको छ ।

मन्त्री लेखकले कार्यालय थप भएपछि ट्रायल सेन्टरमा चाप बढ्ने भएकाले सबै कार्यालयलाई आआफ्नो छुट्टै ट्रायल सेन्टर व्यवस्था गर्न निर्देशन दिएका छन् ।

‘जतिवटा कार्यालय त्यति नै ट्रायल सेन्टर हुनुपर्छ’, उनले भने, ‘त्यसको लागि अहिल्यै सरकारी प्रक्रिया अघि बढाउन निर्देशन दिन्छु ।’ मन्त्री लेखकले देशभरमै अनलाइनबाट लाइसेन्सको फारम भर्ने व्यवस्था गरिन लागेकोसमेत जानकारी दिए । लाइसेन्सपछि यातायातका सम्पूर्ण कुरा अनलाइनबाटै हुने व्यवस्था गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले काठमाडौं उपत्यकासँगै तत्काललाई पोखरा र इटहरीमा अनलाइनबाट लाइसेन्सको फारम भर्ने र स्मार्ट कार्ड वितरण गरिने जानकारी दिए ।

त्यसलगत्तै अञ्चलस्तरमा अनलाइनबाट लाइसेन्सको फारम भर्ने र स्मार्ट कार्ड वितरण हुने उनको भनाइ थियो ।यातायात कार्यालय जगातीका प्रमुख अनोजकुमार घिमिरेले ट्रायल सेन्टरको टुंगो नलागेकाले तत्काल त्यहाँबाट लाइसेन्स भने वितरण नहुने बताए ।

तर लाइसेन्सको फारम भर्ने, नवीकरण गर्ने र विदेशमा बनेको लाइसेन्सको नेपालीकरण भने हुने उनले जानकारी दिए । उनका अनुसार सरकारी प्रक्रियाअनुसार कम्तीमा २० दिनपछि जगातीबाट पनि लाइसेन्स वितरण कार्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.