मन्दिरका पुजारीले गरे अात्महत्या
सप्तरी: सप्तरीको कोलाडी बसाइनस्थित रामजानकी मन्दिरमा पूजा गर्ने एक पुजारीले अात्महत्या गरेका छन्।
उनले अाइतबार बिहान विष खाएर अात्महत्या गरेका हुन्। ७० वर्षीय मन्दिरका पुजारी फुलोदेवी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
यसैगरी सप्तरीकै नर्घौ गाविस– ६ की १२ वर्षीया ज्योतिकुमारी माली पनि विष खाएर अात्महत्या गरेको प्रहरीले जनाएको छ। ती शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस