फोटोबाटै सगरमाथा चढेको अनुभूति

फोटोबाटै सगरमाथा चढेको अनुभूति

काठमाडौं: विश्वकै अग्लो शिखर सगरमाथा (८,८४८ मि) ३६० डिग्रीबाट हेर्न पाइने भएको छ । सगरमाथा नदेखेका र नपुगेकाले फोटोबाटै आधारशिविरदेखि चुचुरोसम्म प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।

पाँचौंपटक सगरमाथा आरोहण गरेका लाक्पा शेर्पाले पाँच हजार पाँच सय मिटरको बेसक्याम्पदेखि प्रत्येक ६ सेकेन्ड फरकमा फोटो कैद गरी चुचुरोसम्मको सगरमाथा हेर्न पाउने व्यवस्था गरेका हुन् । सगरमाथाको मुख्यमुख्य स्थल सात हजार एक सयको क्याम्प एक, खुम्बु आइसफल, क्याम्प दुई, वेस्कम भ्याली, क्याम्प तीन, एल्लो वेल्ड, जेनेभा स्फुर, साउथकोल, बालकोनी, साउथ समिट, हिलारी स्टेप र समिटसम्मको विस्तृत फोटो समावेश गरी ३६० डिग्रीमा फोटो तयार गरी उनले एप्स बनाएका हुन् ।

पर्वतीय प्रशिक्षक एवं अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शकसमेत रहेका शेर्पाले हिमाल आरोहण नगर्नेका लागि प्रत्यक्ष दृश्य हेर्न पाउने र आरोहण गर्नेका लागिसमेत पूर्वतयारी गर्न सहयोग पुगोस् भनेर 'माम्मुट' नामको एप्स निर्माण गरी सर्वसाधारणका लागि उपलब्ध गराएको बताए । सगरमाथालाई थप विश्वव्यापी बनाउने र सीमित व्यक्तिका लागिमात्र नभएर सबैको पहुँचमा पुर्‍याउन यो फोटोले सहयोग पुर्‍याउने लक्ष्य शेर्पाको छ । भीआर भर्चुअल रियालिटी ग्लास (लेन्स) बाट प्रस्ट रूपमा सगरमाथा चढेको अनुभूति दिने उनले बताए ।

१९९८ देखि पर्वतमा काम गर्दै आएका शेर्पा २००९ देखि अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक र पर्वतीय प्रशिक्षक बनेका हुन् । आफ्नो अनुभव समेटेर एप्स विश्वमै पहिलोपटक २०१६ मा निर्माण गरेको दाबी उनले गरे । क्यानोनको ६ क्यू गोब्रो मोडलको क्यामराले फोटोलाई ३६० डिग्रीमा कैद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.