तारुकामा यसरी जुधाइयो गोरु (भिडियो रिपोर्ट)
विश्वका विभिन्न स्थान साँढे जुधाइका लागि प्रसिद्ध छन् । स्पेनिश बुलफाइट जस्तै थाइल्याण्डमा पनि साँढे जुधाइ हुन्छ ।
नेपालमा भने धादिङ र नुवाकोटको तारुकामा वर्षेनी माघे सक्रान्तिको दिन गोरु जुधाइन्छ । १२ वर्षदेखि व्यवस्थित र एकीकृत रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना गर्न थालिएको तारुकामा हरेक वर्ष माघे सक्रान्तिका दिन रसुवा नुवाकोट धादिङ काठमाडौं लगायतका जिल्लाहरुबाट गोरु जुधाई प्रतियोगिता हेर्न आउने गर्दछन् ।
यस वर्ष पनि विगतका वर्षहरुमा जस्तै गोरु जुधाउने मेला सम्पन्न भएको छ ।
हेर्नुहोस् एपी वान टेलिभिजनका संगम महतको स्थलगत रिपोर्टः