शीतलनिवास छिर्दा पूर्वराजा ज्ञानेन्द्रले सम्झिए कोमललाई भित्र्याउँदाको क्षण (भिडियोसहित)

शीतलनिवास छिर्दा पूर्वराजा ज्ञानेन्द्रले सम्झिए कोमललाई भित्र्याउँदाको क्षण (भिडियोसहित)

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह साेमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको बिहे समारोहमा सहभागी हुन शीतलनिवासमा प्रवेश गरे। बिहेको निम्तो मान्न शीतलनिवास छिरेका पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहस्थल पुगेर बर र बुधलाई बधाइ दिए। त्यो सँगसँगै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नमस्कार भने।

gyanendra-2

त्यसपछि उनी सिधै राप्रपाका नेताहरु बसेको टेबलमा गएर बसे। जहाँ राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा, राप्रपाकै राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपाका नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका सांसद गणेश थापालगायत बसिरहेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले एक कप चिया खाँदै केहीबेर उनीहरुसँगै बसेर कुराकानी गरेका थिए। कुराकानीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहमा सहभागी हुँदा आफूले ५० वर्षअघि कोमल शाहलाई भित्र्याएको सम्झना आएको राप्रपा अध्यक्ष कमल थापा लगायतलाई सुनाएका हुन्। पूर्वराजा ज्ञानेन्द्रको ५० वर्षअघि शीतलनिवासमै कोमलसँग बिहे भएको थियो।

baburam-at-bidhyas-daughters-marriage

भिडियो हेर्नुस्: 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.