मोटरसाइकल चोरी

मोटरसाइकल चोरी

विराटनगरः विराटनगर ५ र ६ बाट सोमबार बिहान दुईवटा मोटरसाइकल चोरी भएका छन् ।

विराटनगर ६ का हरेराम यादव र विराटनगर-५ का चन्दन मण्डलको नाममा रहेका मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादवको को १० प ७७७८ नम्बरको पल्सर मोटरसाइकल र मण्डलको को २४ प ५४७३ नम्बरको ग्लामर मोटरसाइकल चोरी भएको हो ।

घरभित्र प्यासेजमा चावी लगाएको र लक गरेर राखिएको अवस्थाका मोटरसाइकल बिहान १ देखि २ बजे भित्रमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

‘बिहान साढे १ बजेतिर घरमा केही खसे जस्तो आवाज आयो,’ मण्डलले भने, ‘उठेर हेर्दा मोटरसाइकल नभएको पाइएपछि चोरी भएको थाहा भयो ।’ प्रहरीले चोरीमा संलग्नको खोजीकार्य अघि बढाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.