जनकपुरमा सार्वजनिक सुनवाई कार्यक्रममा झडप

जनकपुरमा सार्वजनिक सुनवाई कार्यक्रममा झडप

जनकपुरधामः जनकपुरमा सञ्चालित एकीकृत शहरी विकास परियोजनाको प्रथम सार्वजनिक सुनवाई कार्यक्रममा दुई समुहबीच झडप भएको छ। झडपपछि कार्यक्रम नै स्थगित गरिएको छ।

एसियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा हाल सञ्चालित परियोजनाको काम गुणस्तरीय नभएको भन्दै जनकपुरवासीले पटक–पटक विरोध जनाएपछि स्थानीयहरुको जिज्ञासा मेटाउन सार्वजनिक सुनवाई कार्यक्रम राखिएको थियो।
नेपाल बार एसोसिएसन जनकपुरको सभा हलमा आयोजित सार्वजनिक सुनवाईमा सहभागी हुन सयौंको संख्यामा जनकपुरवासी पुगेपछि ठाउँ अभाव भएपछि होहल्ला सुरु भएको थियो।

परियोजनाका प्रमुख गंगाप्रसाद यादवले हाल सञ्चालित कामहरुको विषयमा आफ्नो प्रस्तुति राखिरहँदा केही राजनीतिक दलका नेताहरुले हल साघुँरो भएर बस्ने ठाउँ नभएको भन्दै बन्द कोठामा सार्वजनिक सुनवाई गर्न नपाइने भन्दै विरोध गरेका थिए। आयोजकले सहभागीलाई शान्त गराउने प्रयास गरेपनि होहल्ला बढेपछि जनकपुर उपमहानगरपालिकाका कर्मचारी तथा कार्यक्रमका उद्घोषक गणेश यादवले आयोजकहरुको सल्लाह अनुसार अर्को दिन खुल्ला स्थानमा कार्यक्रम आयोजना गरिने र हालका लागि स्थगित गरिएको भनि घोषणा गरेका थिए।

तर, सोही बेला जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा आक्रोशित हुँदै मञ्चमा पुगेर अर्को दिन कहिले हुने हो कार्यक्रम त्यसको मिति तोक्नुस भन्दै भाषण गर्न थालेपछि कार्यक्रममा सहभागी केही आक्रोशित युवाहरुले उनलाई कुटपिट गर्न खोजेपछि झडप भएको थियो। ति युवाहरुको समुहले आक्रामक रुपमा हिरालाई मञ्चबाट तानेर कुट्ने प्रयास गरेपछि प्रहरीले बचाएको थियो। युवाहरुले अश्लिल शब्द प्रयोग गर्नुका साथै हिरालाई कारबाहीको माग गर्दै कार्यक्रम विथोलेका थिए।

उनीहरुले दर्शकदीर्घामा राखिएका कुर्सीहरु भाँचेका थिए भने कार्यक्रमस्थल बाहिर निस्केर पनि होहल्ला गरेका थिए। प्रहरीले आयोजना प्रमुखसहित कार्यक्रममा उपस्थित जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेललाई कडा सुरक्षाका बीच कार्यक्रमस्थलबाट निकालेर कार्यालय पुर्याएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.