उच्च हिमाली क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर
गमगढीः जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपात र सदरमुकाम आसपासको गाबिसमा समेत सामन्य हिमपातले जिल्लाको जन जीवन कष्टकर बनेको छ ।
आइतबार बिहान ८ बजे देखि १० बजे सम्म जिल्लाका २४ गाविसमध्ये सबैभन्दा बढी जिल्लाको पुर्बी क्षेत्र करान भेगका मुगु, डोल्पु, किम्रि, पुलु, माँग्री र पश्चिम क्षेत्रका सेरी, खमाले,उत्तरी भेगका रारा, कालै,धैनकोटमा भारी हिमपात भएको छ । अन्य १४ गाबिमा सामन्य हिमपात भएपनि आईतबार जिल्लाभरको जनजीवन कष्टकर बनेको हो ।
उच्च हिमाली क्षेत्र करान भेगका चार गाविस मुगु, डोल्पु, किम्रि,पुलुमा एक फिट राराताल छेउमा साँडे दुई ईन्च हिमपात भएको छ अन्य क्षेत्रको जानकारी नआएको र हिमपातका कारणले कुनै मानविय क्षेति भने नभएको भएपनि चिसोले आईतबार जिल्लाभरको जनजीवन कष्टकर रहेको जिल्ला प्रहरी कार्यालयलका प्रहरी निरिक्षक सुरेन्द्र भट्टले बताएका छन् ।
भारी हिमपात भएका स्थानमा हिउदेबाली र फलफुल पकेट क्षेत्रमानिएका गाबिसका सर्बसाधरण लाई केही राहत भएको छ । हिमपात नहुदा कार्तिक महिनामा कृषानले आफनो खेतबारीमा लगाएकोे हिउदेवाली गहु, जौ, नाफल,उवा लगाएत तरकारीवाली लाई आईतबार परेको हिपातले केही राहतगरेको भएपनि । सामन्य हिमपातभएका गाविसमा भने हिउदेवाली फलफुलका बिरुवा सबैलाई पुन भारी हिमपात नभए क्षेति पुराउन सक्ने जिल्ला कृषिकार्यालयका योजना अधिकृत केबि रोकायाले जानकारी दिए ।
आईतबार बिहान ७ बजे देखि १० बजे सम्म परेको हिमपातको चिसोको कारण जिल्लाभरका सरकारी तथा निजी बिद्यालय बन्द रहेका थिए भने