भारतमा मारिएका परिवारको बिचल्ली

भारतमा मारिएका परिवारको बिचल्ली

धारापानी (अर्घाखाँची) : ‘घरमा सासूआमा बिरामी हुनुहुन्छ । छोरा मुटुको बिरामी छ, समय समयमा औषधि गर्नुपर्छ । घरको सम्पत्तिले ३ महिना खान पुग्दैन । श्रीमान्को हत्या भएदेखि अहिलेसम्म घरको दैनिक खर्च सुखदुःख चलाउँदै आएकी छु । दुई छाक कसरी खाने’, गहभरि आँसु झार्दै ४९ वर्षीया खुमकलाले भनिन् ।

उनले रोजगारीका लागि भारत गएका श्रीमान्ले पठाएको पैसाले जीवन निर्वाह गर्दै आएकी थिइन् । साढे आठ वर्षअघि भारतमा हत्या भएका हेमराज बञ्जाडेकी श्रीमती खुमकला भन्छिन्, ‘भारत सरकारले हामीलाई जीवन गुजारा गर्ने व्यवस्था पनि मिलाइदिनुपर्छ । जो परिवार पाल्न परदेश गयो, उसैको हत्या भयो, अब हामीलाई कसले हेर्छ ।’

‘घरमा जमिन त छ तर ३ महिना पनि खान पुग्दैन । साढे आठ वर्षदेखि माइती र आफन्तको भरमा गुजारा गरिरहेकी छु’, उनले भनिन्, ‘उहाँ हुँदा त मासिक सात÷आठ हजार पठाइदिनु हुन्थ्यो र घर खर्च चलाउन्थें तर अहिले साह्रै समस्या छ ।’

अर्घाखाँचीको धारापानी गाविस १ सानाऔवल घर भएका हेमराजकी ८१ वर्षीया आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइक्यो भने १८ वर्षीय छोरा प्रज्वल १२ कक्षा पास गरेर पढाइ खर्च नभएपछि अहिले पढाइ छाडेर दिल्ली गएका छन् ।

‘कतैबाट राहतको व्यवस्था भए परिवार पाल्न सजिलो हुने थियो’, उनले भनिन्, ‘भारत सरकारले हामीलाई राहतको व्यवस्था मिलाउनुपर्छ ।’ सन् २००८ मे १५ मा भारतको नोयडास्थित एक अपार्टमेन्टमा १४ वर्षीय आरुसी तलवारलाई मारेर बञ्जाडेले आत्महत्या गरेको घटनामा अनुसन्धान भइरहेको थियो । आरुसीलाई उनका बुबाआमाले मारेको र उक्त घटना लुकाउन नक्कली प्रहरी रिपोर्ट बनाइएको अहिले पुष्टि भइसकेको छ ।

गाजियाबादको सीबीआई विशेष अदालतले २०१३ मा सुनाएको फैसालामा प्राप्त प्रमाण र बयानका आधारमा आरुसी र हेमराज हत्याकाण्डमा डा. तलबार र उनकी पत्नीको प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ । हेमराजसँगै हत्या गरिएकी आरुसी तलवार दम्पतीकी छोरी थिइन् । विशेष अदालतका न्यायाधीश श्यामलालले सुनाएको फैसालापछि तलवार दम्पतीलाई प्रहरीले हिरासतमा लिएर जेल हालेको छ ।

हेमराजको शव सेक्टर २५ स्थित त्यही घरको छतमा दुई दिनपछि भेटिएको थियो । ४५ वर्षीय नेपाली कामदार हेमराजसँगै भएको हत्याकाण्डका कारण यसलाई हेमराज–आरुसी प्रकरणका रूपमा चिनिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.