चिन्ताले निम्त्याउँछ मुटुरोग

चिन्ताले निम्त्याउँछ मुटुरोग

सधैं चिन्तामा रहिरहने व्यक्तिको दिमागको भित्री भागको प्रभावले हृदयाघात हुने जोखिम बढाउँछ । यो कुरा अमेरिको हार्वड विश्वविद्यालयले हालै गरेको अध्ययनले देखाएको तथ्य हो । दिमागको अमिगडाला भन्ने एक भाग, जुन हाम्रो रिस र डरजस्ता भावना अभिव्यक्त गर्ने ठाउँ हो, यसमा अधिक क्रियाकलाप हुने व्यक्तिमा मुटु र सञ्चारसम्बन्धी रोग (कार्डियोभास्कुलर )को विकास अरूलाई भन्दा चाँडै भएको अनुसन्धानमा पाइएको छ ।

मुटुरोगको अन्य जोखिमका तत्वहरू धूमपान र उच्च रक्तचापजस्तै चिन्ता पनि एक प्रमुख रहेको कुरा अनुसन्धानकर्ताले बताएका छन् । मुटुरोगको जोखिम भएका व्यक्तिमा चिन्ताको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने कुरा सान्दर्भिक ठानिएको छ । भावनात्मक चिन्ताले कार्डियोभास्कुलर रोगको जोखिमले मुटु र रक्त कोषिकामा पार्ने प्रभावबारे पहिला थाहा थियो तर कसरी पार्ने प्रभावबारे भने पूरा बुझिएको थिएन ।

कसरी हुन्छ

अध्ययनअनुसार अमिगडालाले हड्डीको मासी (बोनम्यारो)लाई अतिरिक्त सेतो रक्त कोषिका बनाउन संकेत दिन्छ, जसका कारण आर्टरीहरू फुलिने या सुनिने हुन्छन् । यसले हृदयाघात, एन्जाइना र स्ट्रोक हुनसक्छ । अमिगडाला भनेको दिमागको एउटा भाग हो ।

यसले मजबुत भावनात्मक प्रतिक्रिया दिनका लागि सक्रिय बनाई दिमागलाई लड्न तयार बनाउने हो । अमिगडाला दिमागको दुई भागमा एक एकवटा हुन्छ, जुन हाडे बदाम आकारको कोषहरूको समूह मेडियाल टेम्पोरल लोब्स भन्ने दिमागको गहिराइमा रहेको हुन्छ ।


व्यायाम गर्दा इन्डोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँछ । व्यायामले कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल तथा रक्तचाप कम गर्न मद्दत गर्दछ । 

धेरै कामको भार, जागिरमा झमेला, गरिबी, प्रतिकूल स्वास्थ्य, आफन्तको वियोग आदि कारणले गम्भीर चिन्ता हुन पुग्छ र यसले गर्दा डिप्रेसनलगायत अरू मनोभावनायुक्त रोग लाग्नुको कारण बन्न पुग्छ । मुटुरोग तथा स्ट्रोकको जोखिम कम गर्न धूमपान त्याग्ने, उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोल तथा मधुमेहको नियन्त्रण गर्ने । यहाँ भनिएको जीवनशैलीको सुझावलाई आत्मसात् गरी चिन्ताको सही तवरले व्यवस्थापन गरे मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ ।


जीवनशैलीको सुझाव

खुसी र स्वस्थकर हुन जीवनशैलीबारे जानकारी लिई यसलाई आत्मसात् गर्नुपर्छ । एउटा सानो जीवनशैली परिवर्तनले भविष्यमा आफ्नो स्वास्थ्यमा धेरै प्रभाव पार्छ ।

नियमित व्यायाम

घटीमा पाँचछपल्ट हप्तामा २०-३० मिनेट व्यायाम गर्नुपर्छ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांसपेशीको उपयोग हुन्छ । यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्छ ।

एरोविक व्यायामका उदाहरणमा पौडी खेल्नु, साइकल चलाउनु, नाच्नु, दौडनु आदि पर्छन् । छिटो हिँड्नु अझै पनि सबैभन्दा बेस एरोविक व्यायाम हो । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ । नियमित व्यायामले शक्ति र मांसपेशीको तागत बढाउँछ ।

व्यायाम गर्दा इन्डोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँछ । व्यायामले कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभल तथा रक्तचाप कम गर्न मद्दत गर्दछ । यस्तो व्यायाम गर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्छ । आफूलाई मन पर्ने कुनै काम गरे हुन्छ जसले आफ्नो उमेर क्षमता, दक्षताअनुरूप पनि विचार गर्नुपर्छ ।

स्वस्थकर खानाः स्वस्थकर खानाले चिन्तासँग लड्न सघाउ पु‍र्‍याउँछ । खानाले हाम्रो शरीरको प्रत्येक अंगमा असर गर्छ । मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ खानाले तन्दुरुस्तीका साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत सञ्चालनमा सुधार, श्वासप्रश्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षाघात हुने जोखिमबाट कम, सामान्य स्वास्थ्यमा सकारात्मक र शान्त रहन मद्दत गर्छ ।

खानामा हरहमेसा चिल्लो, चिनी, नुन, क्याफिन, मदिरा आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रशस्त फलफूल र सब्जी खानुपर्छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनुपर्छ ।

आरामः आराम गर्दा किताब पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलाप गर्ने, साथीभाइसँग भेटघाट आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्वपूर्ण काम हुन्छ । यो कार्य दैनिक रूपमा गर्न सके जीवन सुन्दर हुन्छ ।

निद्राः बेचैन हुनु चिन्ताको उग्ररूप हो । जति थकाइ लाग्छ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्छ । निद्रा ठूलो औषधि हो, जति गहिरो निद्रा प‍र्‍यो शरीरमा स्फूर्ति आउँछ । नियमित रूपमा बेलुका चाँडै सुती बिहान चाँडै उठ्नु उत्तम हो ।

धूमपान त्याग्नुः धूमपानले क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोग निम्त्याउँछ । धूमपान त्याग्नु नै स्वास्थ्य सुधार्नु हो । यसका लागि इच्छाशक्ति महत्वपूर्ण कुरा हो ।

मदिरा सेवन कम गर्नेः मदिरा सेवन गरिन्छ भने हप्तामा १४ युनिटभन्दा बढी सेवन गर्नु हुँदैन । अत्यधिक मदिरा सेवनले खासगरी रक्तचापलाई अधिक असर गर्छ र यसले स्ट्रोक हुने जोखिम धेरै बढाउँछ । (१ युनिट — १ पेग हिवस्की, १२५ मिलिलिटर वाइन, आधी पाइन्ट बियर)

वजनलाई ध्यान दिनेः ठूलो भुँडी अथवा स्याउको जस्तो शरीरको बनोटले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ आदिको जोखिम बढाउँछ । उचाइअनुरूपको तौल हुनुपर्छ । सामान्य नियमअनुसार आफ्नो उचाइ जति इन्च छ त्यति नै किलो तौल हुनुपर्छ भन्ने बुझ्नुपर्छ ।

समस्या बाँड्नेः नजिकका साथीभाइ, नातेदारलाई मनको चिन्ता या समस्या भन्ने, गुम्स्याएर नराख्ने र जति आवश्यक पर्छ समय लिने र यसले समस्या समाधान गर्दैन तर यसले चिन्ताको लेभल कम गर्न अवसर दिन्छ । समस्याका बारेमा अरू विचार गर्न समय दिन्छ ।

स्वास्थ्यका लागि हाँसौः हाँसोले शरीरको मसलको टेन्सन घटाउँछ, श्वासप्रश्वासमा सुधार गर्छ र मुटुको धड्कन ठीक बनाउँछ, रगतमा इडोर्फिन पम्प गर्छ । मन र दिमागलाई आनन्द दिन्छ । हाँसोले शरीरको चिन्ता कम गर्छ । सम्भव भएसम्म हाँसो र खुसीको वातावरणमा समय व्यतीत गर्ने प्रयास गरौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.