लुटेराले सैनिक अमल्दारको हत्या गरेको खुलासा : तीनजना पक्राउ

लुटेराले सैनिक अमल्दारको हत्या गरेको खुलासा : तीनजना पक्राउ

काठमाडौं : नेपाली सेनाका अमल्दार युवराज घिमिरेको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् । गत पुस २८ गते बाफल पुल नजिकै मृत फेला परेका घिमिरेको हत्या आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटी र स्वयम्भू वृत्तले संयुक्त अनुसन्धान गर्दा लुटेरा समूहले घिमिरेलाई बाटो छेकेर कुटपीट गरी हत्या गरेर खुलेको छ । लुटेरा समूहले उनको साथमा रहेको ल्यापटपलगायतका धनमाल लुटेर लगेका थिए । प्रहरीले गोरखा चनौदीका पवन कार्की, सर्लाही नयाँ रोडका रोसन परियार, बैतडीका कविन्द्र बोहोरालाई पक्राउ गरेको छ ।

पक्राउ परेका युवाको साथबाट प्रहरीले घिमिरेको साथमा रहेको ल्यापटप, आइफोन, कार्ड रिर्डर, घिमिरेको नाममा रहेको नेपाल ईन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंकको एटिएम कार्ड बरामद गरेको छ । लुटिएको मोबाइल खरिद गरेको आरोपमा प्रहरीले काभ्रे तुमाल घर भइ हाल स्वयम्भू बस्ने रुपेश श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

चाटार बस्ने घिमिरे भद्रकालीस्थित सैनिक अभिलेखालयमा दरवन्दी रहेपनि सानोभ¥याङस्थित नेपाली सैनिक मेडिकल कलेजमा कार्यरत थिए । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले भन, ‘प्रारम्भीक अनुसन्धान गर्दा लुट्ने उद्देश्यले घिमिरेलाई ढुंगाले हानेर हत्या गरेको रहस्य खुल्यो, थप अनुसन्धान गर्दैछौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.