ठूलो परिमाणमा कोरेक्ससहित दुई पक्राउ

ठूलो परिमाणमा कोरेक्ससहित दुई  पक्राउ

राजविराजः सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरिएको लागुऔषध कोरक्ससहित भारत सुपौल भगवानपुर ग्राम पञ्चायत १० का शिवनन्दन पोदार र सप्तरीको हनुमाननगर योगिनिमाई ८ का जावेद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए ।

बिआर ५०इ८५३८ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा हनुमानगर योगिनीमाई ८ स्थित कोशी पलारमा कोरेक्सका तीन सय बोतल बरामद गरिएको हो ।

यसअघि प्रहरीले गत मंसिर १५ गते सोही ठाउँमा चार सय बोतल कोरेक्ससहित हनुमानगर योगिनीमाई ४ का सिताराम चौधरी र जगदिस सदालाई पक्राउ गरी कारवाही गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.