उच्च अदालतमा सिफारिस ८० न्यायाधीशको सपथ (फोटोफिचर)

उच्च अदालतमा सिफारिस ८० न्यायाधीशको सपथ (फोटोफिचर)

काठमाडौं : उच्च अदालतमा सिफारिस भएका न्यायाधीशले बुधबार सर्वोच्च अदालतमा एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएका छन् ।

न्यायाधीशलाई तोकिएको अदालतसम्बद्ध उच्च अदालतका मुख्य न्यायाधीशले पद तथा गोपनियताको सपथ खुवाएका थिए । गत पुस २८ गते बसेको न्याय परिषद वैठकले बहुमत निर्णयका आधारमा उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।

यसैबीच न्यायाधीश सिफारिस गर्दा समानुपातिक र समावेशि सिद्धान्तविपरित मध्यरातमा निर्णय भएको दाबीसहित बदर गर्न माग राखेर बुधबारै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता तोयानाथ ढुंगानाले दायर गरेको उक्त रिटमा परिषद अध्यक्ष एवम् प्रधानन्यायाधीश सुशीला कार्की, परिषद्का सदस्य र सिफारिसमा परेका ८० न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

कानुनव्यवसायीलाई उपेक्षा गर्दै एकतर्फी रुपमा सिफारिस गरिएको दाबीसमेत रिटमा छ । परिषदका कतिपय सदस्यलाई झुक्याई ‘गफलत’ मा पारी निर्णय भएको प्रश्न पनि रिटमा उठाइएको छ ।

उक्त विवादमा सुनुवाइका लागि सर्वोच्चले बिहीबारलाई पेशी तय गरेको छ । रिटमा विपक्षी बनाइएकी प्रधानन्यायाधीश कार्कीले पेशी तोक्न नमिल्ने दाबीसहित निवेदक ढुंगानाले सर्वोच्च प्रशासनमा भिन्नै निवेदनसमेत पेश गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.