‘अरु ग्ल्यामर, ज्योति मगर भल्गर किन ? '

‘अरु ग्ल्यामर, ज्योति मगर भल्गर किन ? '

सन्धिखर्क : उत्तेजना र शरीर प्रदर्शनमा चर्चा बटुलेकी कलालकार ज्योति मगरले आफूले जस्तो सुकै सुटिंग गरे पनि अरुले नराम्रो सोच्ने गरेको बताएकी छिन् । आफ्नो नाच र अरुको नाँच तथा तस्बिर तुलना गर्दै प्रश्न गरिन्, ‘अरुको त्यही तस्बिर ग्ल्यामर तर ज्योति मगरको त्यहि तस्बिर किन भल्गर ?

उनले भनिन्, ‘अरु कलाकारका गीत र नाचहरु आफ्नोभन्न्दा पनि उत्तेजक अंग प्रदर्शन हुन्छन् तर मैले तीजको गीतमा गुन्यु लगाएर नाच्दा पनि अंग प्रदर्शन भन्छन्, यो हेर्ने दृष्टिकोण हो ।’

अर्घाखाँची महोत्सवमा गीत गाएर दर्शकलाई लठ्ठै पारेकी ज्योतीले पत्रकार सम्मेलन भनिन्, ‘मैले गीत गाउँदा पनि देखाएको भन्ने गर्छन् । किन हो, मैले बुझेको छैन ।’

कलाकारहरुलाई गीत गाएर र नाचेर मात्र जीवन निर्वाह गर्न समस्या भएको बताउदै मेला र महोत्सवले ज्यान पाल्न सजिलो भएको उनको भनाइ छ । ‘स्टेच कार्यक्रम मेला र महोत्सवले नै दुई छाक खान सजिलो भएको छ’, मगरले भनिन् ।

रोल्पामा जन्मिएकी ज्योतीले गीत संगीतमा आफ्नो बालापनको रुचीले लागेको बताउदै गीत संगीतले दर्शकको माया र ममता पाएको बताइन् । गीत संगीतमै लागेको कारण आफू विभिन्न १६ देश र नेपालको झण्डै ५५ जिल्लामा जाने अवसर पाएको बताइन्।

आफूले गीत संगीतलाई माया गरिरहने बताएकी ज्योतीले अरुले भन्ने र सोच्ने जस्तो आफ्नो व्यवहार नभएको बताएकी छिन् । आफूले गुन्यु लगाएर नाचेका तस्बिर र भिडियोमा समेत कमेन्ट भने उत्तेजना र शरीर प्रदर्शन भनेर आउने गरेको उनको आरोप छ।

उनले दर्शकलाई मनोरञ्जन दिनुनै आफ्नो पहिलो प्राथमिकता भएको प्रष्ट पारेकी छिन् । दर्शकको माया र ममताले आफू अगाडि बढेको बताउदै मगरले पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उमेर भने बताइनन् ।

उमेर कति भनेर सोध्दा उनले भनिन्, ‘केटाको तलब र केटीको उमेर नसोध्नु भन्ने थाहा छैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.