ह्वाइट हाउस छिर्नुअघि नै चर्चामा ट्रम्प पत्नी मेलानिया, किन ?

ह्वाइट हाउस छिर्नुअघि नै चर्चामा ट्रम्प पत्नी मेलानिया, किन ?

एजेन्सी : विश्वकै शक्ति राष्ट्र अमेरिकामा शुक्रबार नयाँ राष्ट्रपतिले सपथ लिदै छन् । आठ बर्षे कार्याकाल सकेर राष्ट्रपति बाराक ओबामा ह्वाइट हाउसबाट बाहिरिदै गर्दा डोनाल्ड ट्रम्प ४५ औ राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्दैछन् । नोभेम्बर आठमा भएको चुनावको दसौँ हप्तापछि ट्रपले सपथ लिन लागेका हुन् । तर, विश्व समुदायमा चर्चा भने पहिलो महिला मेलानियाको भएको छ ।

७० बर्षीया अमेरिकन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि जनवरी २० विषेश बन्दैछ । यही शुक्रबार अर्थात् जनवरी २० मा राष्ट्रपतिको रुपमा उनी ह्वाइट हाउस प्रवेश गर्दैछन् । तर, चर्चा यतिबेला प्रथम महिला मेलानिया त्यो दिन कुन रुपमा प्रस्तुत हुन्छिन् भन्ने बढी छ ।

सुरुदेखि नै स्टाइलिस्ट महिलाको रुपमा परिचित ४६ बर्षीया मेलानिया सबैको चासोको विषय बनेकी छिन् । ‘युएस विक्ली’ को अनुसार शुक्रबार कसरी प्रस्तुत हुने र कस्तो पहिरन लगाउने भन्ने विषयमा उनको पूरै टिम लागिपरेको छ ।

मेलानिया आफै फेसनमा निकै अगाडि भएको कारण आफू कसरी राम्री र बोल्ड देखिने भन्ने आइडीया भएकोले डिजाइनरलाई थप सजिलो हुन् उनको एउटा डिजाइनर निकोलले बताएकी छिन् ।

ह्वाइट हाउस गएपछी मेलानिया आफ्नो लागि आफैले ‘ग्ल्यामर’ डिजाइन गर्ने र पहिलाको ह्वाइट हाउसलाई नयाँ रुप दिने बताएकी छन् । युएस विक्लीको अनुसार, मेलानिया उत्कृष्ट लाइट मिलेको डिजाइन मन पराउँछिन् । कसरी आकर्षक देखिने कस्ता पहिरन र मेकअपका प्रयोग गर्ने भन्ने विषयमा दैनिक एक घन्टा पन्ध्र मिनेट अभ्यास गर्ने गरेको डिजाइनरहरुले बताएका छन् ।

मेलानियाका लागि ८३ बर्षीय कार्ल लगेरफेल्ड र ७७ बर्षीया राल्फ लरेनले डिजाइन गर्ने भएकाछन् । उनीहरुलाई मेलानियाको छानोट गरेकी हुन् । उनीहरुको डिजाइनले आफ्नो मन चोरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.