अर्नाको आक्रमणबाट महिला गम्भीर घाइते

अर्नाको आक्रमणबाट महिला गम्भीर घाइते

इनरुवा: अर्नाको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको बेला अर्नाले आरक्षभित्र आक्रमण गरेपछि खत्वे गम्भीर घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

घाइते खत्वेलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा ल्याएको र यहाँ उपचार सम्भव नभएका कारण थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.