भक्तपुरमा ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुईको मृत्यु

भक्तपुरमा ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुईको मृत्यु

भक्तपुर: भक्तपुरमा ट्रकले मोटरसाइकललार्इ ठक्कर दिँदा दुर्इजनाको मृत्यु भएको छ।

दूधपाटीबाट काठमाडाैं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनिट्रकले भक्तपुरको सल्लाघारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नम्बरको मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नम्बरका मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो।

मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शााहीले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.