काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा माकाजु नियुक्त

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा माकाजु नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपततिमा प्राध्यापक डा. रामकण्ठ माकजु नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान माकजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

माकजु दोस्रो कार्यकालका लागि उपकुलपति बनेका हुन् । माकजुको चार वर्षे कार्यकाल गत मंसिर २६ गते सकिएको थियो ।

उपकुलपतिको नाम सिफारिस गर्न गठन गरिएको छनोट समितिले दुई साताअघि माकजुसहित पाँच जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो । छनोट समितिमा शिक्षामन्त्री धनीराम पौडेल, विश्वविद्यालयकै पूर्व उपकुलपति सुरेशराज शर्मा तथा सिनेट सदस्य दमननाथ ढुंगाना थिए ।

समितिले विश्वविद्यालकै रजिष्ट्रार भोला थापा, पूर्व रजिष्ट्रार भद्रमान तुलाधर, पूर्व डीन मनप्रसाद वाग्ले तथा विश्वविद्यालयकै वायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.