हेटौंडामा सवारीको ठक्करबाट गर्भवती महिलाको मृत्यु
हेटौँडाः मकवानपुरको हेटौँडामा सवारीले ठक्कर दिँदा एक गर्भवती महिलाको ज्यान गएको छ।
शुक्रबार बिहान मर्निङ वाकमा रहेकी हेटौँडा–१० निवासी ज्ञानलक्ष्मी श्रेष्ठलाई एक सवारीसाधनले ठक्कर दिएपछि गम्भीर घाइते भएकी थिइन्।
९ महिने गर्भवती श्रेष्ठको उपचारको क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले जानकारी दिए।
ठक्कर दिने सवारी साधनको खोजी भइरहेको उनले बताए।