तेरियाले ‘झलक दिखाजा’ को अवार्ड जितेपछि गाउँमा हर्षाेल्लास
बुटवल : रूपन्देही रुद्रपुरकी तेरिया फौजामगरले भारतीय टेलिभिजन कलर्सबाट प्रसारित डान्स रियालिटी सो ‘झलक दिख्लाजा’को उपाधि जितेकी छन्।
शुक्रबार मध्याह्न भएको अन्तिम प्रतिस्पर्धामा आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। यद्यपि कार्यक्रम भने शनिबार साँझमात्रै टेलिभिजनबाट प्रसारण हुनेछ। तेरियाका हजुरबुवा कृष्णबहादुर फौजामगरले नातिनीले झलक दिखला जाको ट्रफी जितेको पुष्टि गरे। ‘मलाई फोन आयो, दिउँसो ४ बजे उनले ट्रफी जितेको’, उनले भने।
बिहेको निम्तो मान्न छिमेकीकहाँ रहेका कृष्णले आफूमा खुसीको सीमा नरहेको बताए। ‘सबै रुद्रपुरवासी खुसी भएका छन्’, उनले उत्साहित हुँदै भने ।
यसअघि भारतकै जीटीभीको डान्स रियालिटी सो ‘डीआईडी सिजन ३’को उपाधि हात पारेपछि तेरिया चर्चामा आएकी हुन्। झलक दिख्लाजाको उपाधिका लागि उनले दुई भारतीय प्रतिस्पर्धी सलमान युसुफ खान र सिद्धार्थलाई पछि पारेकी हुन्। तेरियालाई जिताउन उनको गृहजिल्लासहित देशभर भोटिङ अभियान चलाइएको थियो। उनका हजुरबुवाले काठमाडौं पुगेर भोटको अपिलसमेत गरेका थिए ।
रूपन्देहीको रुद्रपुरमा सामान्य परिवारमा जन्मेकी तेरिया सानैदेखि नृत्यमा रुचि राख्थिन्। नातिनीको नृत्यमा रुचि र दखल देखेर उनका हजुरबुवाले उनलाई प्रोत्साहित गरेका थिए। हाल मुम्बईकै एक विद्यालयमा अध्ययनरत तेरिया तत्काल नेपाल आउने कार्यक्रम नरहेको हजुरबुवा कृष्णले बताएका छन्। उनी आमासँगै भारतमै बसेकी छन्।
तेरियाका बुवाले भने कतारमा रोजगारी गर्दै आएका छन्। तेरियाले डीआईडी सिजन ३ को उपाधि जित्दा बुटवलदेखि रुद्रपुरसम्मको सडकमा उनको सम्मान र खुसियालीमा सर्वसाधारण सडकमा निस्किएका थिए। त्यस्तै अर्को चर्चित सो झलक दिख्ला जा जितेपछि रुद्रपुरवासीमा फेरि खुसियाली छाएको छ।
भारतीय टेलिभिजनमा प्रसारण भइरहेको नृत्य प्रतिस्पर्धा ‘झलक दिखलाजा’ को ताज तेरीया फौजा मगरले जितेकीछिन्। पन्ध्र वर्षिया तेरीयाले झलक दिखा लाजा पहिलो संस्करणको विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीसँग लाइ पछी पार्दै ताज जितेको उनको हजुरबुवा कृष्णबहादुर फौजाले बताए ।
चार वर्षकै उमरेदेखी आफनो नातिनीले गरेको कडा परी श्रमको कारण यो सफलता मिलेको कृष्णबहादुरले बताए उनले भने, ‘यो वास्तवमा तेरीयाको प्रतिभाको कदर हो ।’ उनले नेपालका मिडियाहरुलाइ उनको सफलता दिलाउनको गरेको सहयोगको लागी धन्यवाद दिएकाछन् ।
६५ वर्षिया कृष्ण बहादुर फौजाले नातिनीको प्रतिभालाइ निखार ल्याउन धेरै नै सहयोग गरेको पनि बताए। दिनहुँ तेइस किलोमिटरको यात्रा तय गर्दै उनलाइ नृत्य सिकाउन जाँदाको सम्झना पनि उनले गरे ।‘बालबालिकाको प्रतिभालाइ प्रस्फुटन गर्न जरुरत छ। आफुले सानै उमेर नातिनीको प्रतिभा चिनिसकेको पनि बताए ।’
उनी सन् २०१४ मा भएको ‘डान्स इन्डिया डान्स’ को विजेता बन्नु भन्दा पहिला नै वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन्। त्यसपछी मात्रै उनी भारत ‘ डान्स इन्डिया डान्स‘ भाग लिन गएको कृष्णबहादुरले सम्झिए ।