१८ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
काठमाडाैं: रसुवाको टिमुरे-१ रसुवागढी पुलबाट १८ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले १८ हजार चार सय ३२ अमेरिकी डलर र दुर्इ लाख १० हजार चिनियाँ युयानसहित चिनियाँ नागरिक ६० वर्षीय वाङचुङलाई पक्राउ गरेको हो।
चीनबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल भन्सार सुरक्षा वेश रसुवाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो।