वायन रुनीले बनाए कीर्तिमान

वायन रुनीले बनाए कीर्तिमान

काठमाडौं : इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार रातिको खेलबाट म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी क्बमा सर्वकालिन गोलकर्ताको कीर्तिमान बनाउन सफल भएका छन् ।

शनिबार राति भएको स्टोक सिटीसँगको खेलबाट रुनीले यस्तो कीर्तिमान बनाएका हुन् । सिटीसँगको खेलको इन्जुरी समयमा रुनीले गरेको गोल नै कीर्तिमान बनाउन सफल भयो ।

इन्जुरी समयमा रुनीले गरेको बराबरी गोल नै युनाइटेडका लागि गरेको दुई सय ५० औँ गोल बनेको छ । यो गोलसँगै यसअघि सन बार्बी चार्लटनको कीर्तिमान तोडिएको छ ।

शनिबार रातिको खेलमा भएको उनको एतिहासिक गोल प्रिमियर लिगको यो सिजनको दोस्रो गोल हो । शनिबार रातिको खेलमा युनाइटेडका आन माटाले १९ औं मिनेटमा आत्मघाती गोल गरेपछि स्टोकले अग्रता लिएको थियो ।

तर, इन्जुरी समयमा रुनीले युनाइटेडका लागि एतिहासिक गोल गर्दै खेललाई बराबरीमा फर्काए । इन्जुरी समयमा उनले क्लबलाई हारबाट मात्र जोगाएनन् उनी युनाइटेडका सर्वकालिन सर्वाधिक गोलकर्ता पनि बने ।

सन् २००४ मा एभर्टनबाट युनाइटेडमा आबद्ध भएका रुनी क्लबको इतिहासमा सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् । यो कीर्तिमानका लागि उनले पाँच सय ४६ खेल खेलेका छन् ।

शनिबार रातिको बराबरीपछि २२ खेलबाट ४१ अंकसहित युनाइटेड छैटौं स्थानमा छ ।तस्बिरः डेलीमेल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.