'रामप्रसाद राईमाथि चलचित्र बनोस्'

'रामप्रसाद राईमाथि चलचित्र बनोस्'


काठमाडौं (अन्नपूर्ण): जहानिया राजनीतिक संस्कारलाई अन्त्य गर्दै प्रजातान्त्रिक शासन पद्धति स्थापना गर्न क्रान्तिमा होमिएका जननायक रामप्रसाद राईका बारेमा लेखिएको पुस्तक'जननायक रामप्रसाद राई माझकिरातको क्रान्तिदेखि सिंहदरबारसम्म' विमोचन गरिएको छ। भोगीराज चाम्लिङद्वारा लिखित पुस्तकको शनिबार राजधानीमा प्रधानमन्त्री पुष्पकमल दाहालले विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाए।'आज (शनिबार) प्रमुख दलको विशेष बैठक बोलाएको छु। म यही बैठकमा यससम्बन्धी प्रस्ताव राख्नेछु', उनले भने,'माओवादी जनयुद्ध २००७ सालको विद्रोहमा रामप्रसाद राईले लडेको लडाइँकै विकसित रूपमा हो। म आफूलाई उहाँकै उत्तराधिकारी ठान्छु।' प्रधानमन्त्री दाहालले आफू धेरै कार्यक्रम र पुस्तक विमोचनमा सहभागी भए पनि यस कार्यक्रममा सहभागी हुँदा विशिष्ट अनुभूति भएको बताए।

चार सय ४२ पृष्ठ लामो पुस्तकमा रामप्रसाद राईलाई समग्रमा चित्रण गर्ने प्रयास गरिएको छ। पुस्तक विमोचनमा कार्यक्रम सञ्चालक कवि भूपाल राईले प्रधानमन्त्री दाहाललाई सम्बोधनका लागि निम्त्याउनुअघि तीनवटा माग पेस गरेका थिए।

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न, कोसी मार्गलाई रामप्रसाद राई लोकमार्ग नामकरण र शैक्षिक पाठ्यक्रममा रामप्रसादजस्ता साँच्चिकै गौरवमय इतिहास बनाएका योद्धालाई समेट्ने बारेमा प्रस्ट पारिदिन अनुरोध गरेका थिए। प्रधानमन्त्री दाहालले भने,'प्रधानमन्त्रीकै रूपमा कोसी करिडोरको अध्ययन गर्न म संखुवासभादेखि किमाथांकासम्म आफैं पुगेको छु। त्यसलाई रामप्रसाद राई मार्ग नामकरण गर्न इतिहास र व्यक्तित्वप्रति सच्चा सम्मान हुन्छ।' पाठ्यक्रममा पनि रामप्रसादजस्ता महान् योद्धाको विषय समेट्न उचित हुने उनले बताए।

कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले मुक्तियोद्धा रामप्रसाद राईका बारेमा पुस्तक प्रकाशन हुनु उनका लागि सम्मान भएको बताए।'मुक्ति युद्धका महानायक रामप्रसाद राईले त्यसबेला क्रान्तिमा उत्रने आँट नगरेको भए राणाशासन त्यही समयमा अन्त्य नहुन सक्थ्यो', नेता पाण्डेले भने,'उहाँजस्ता विराट व्यक्तित्वमाथि चलचित्र बन्नुपर्छ।

यसबारेमा पनि रामप्रसाद राई फाउन्डेसनले विचार गरोस्।' कार्यक्रममा संघीय समाजजादी फोरमका नेता अशोककुमार राईलगायतले सम्बोधन गर्दै राजनीतिक परिवर्तनका लागि रामप्रसाद राईको योगदान र जीवनीमाथि प्रकाश पारेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.