प्याब्सक अध्यक्षमा गुरुङ
काठमाडौः निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)मा बालकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा नारायणबाबु तिमिल्सिना, महासचिवमा गजेन्द्र लामा, सचिवमा समीर बास्तोला, कोषाध्यक्ष राजकुमार बोगटी र सहकोषाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा गंगादेवी घिमिरे, वसन्त अर्याल, नारायण सापकोटा, दिवेश खत्री र गणेश धिताल चयन भएका छन् । जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यले विजेतालाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङले आफूले शिक्षाक्षेत्रका साझा समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।