गाउँमा पुरुष नहुँदा श्रमदानमा महिला र वृद्धवृद्धा

गाउँमा पुरुष नहुँदा श्रमदानमा महिला र वृद्धवृद्धा

डोटी: गाउँका अधिकांश युवा रोजगारीका सिलसिलामा भारततर्फ लागेपछि डोटीका गाउँमा महिला, बालबालिका तथा वृद्धवृद्धा मात्र छन्। हिजोआज गाउँका सामाजिक कार्यमा खटिनेमा महिला मात्र देखिन्छन्।

समुदायमा हुने ठूला योजनादेखि ससाना कार्यमा श्रमदान गर्नेदेखि ज्यालादारीका कामसमेत महिलाले गर्दै आएका छन्। डोटीमा ७० प्रतिशतभन्दा बढी घरधुरीका पुरुष रोजगारीका लागि भारत गएका छन्।

वासुदेवीस्थित ‘सिमीगाउँ खेत तटबन्ध आयोजना' निर्माणमा श्रमदान गरिरहेकी वासुदेवी निवासी जगुली बम भन्छिन्, ‘गाउँमा पुरुष कोही नभएकाले महिलाले गाउँमा भइरहने कुनै पनि योजनाको श्रमदानमा आउनुपर्छ।' गाउँमा अधिकांश पुरुष जागिरका लागि भारत जाने गरेकाले हामीजस्ता महिलाले गाउँ चलाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

आफ्ना श्रीमान् भारत गएकाले घर नभई समुदायको काममा समेत लाग्नुपर्ने बाध्यता रहेका स्थानीय पट्टु नेपालीले बताइन्। ‘घरखर्च चलाउन ज्यालामा काम गर्नुपर्ने र गाउँका सबै जाने सामूहिक काममा समेत जानुपर्ने बाध्यता छ', उनले भनिन्। काम गर्ने उमेरसमुहका पुरुष गाउँमा नहुँदा सडक खन्नेदेखि ढुंगा बोक्नेसम्मका कामसमेत सबै महिलाले नै गर्दै आएका छन्।

खुला सिमाना र थोरै रकमले समेत जान सकिने भएकाले अन्य मुलुकको तुलनामा रोजगारीका लागि भारत जानेको संख्या सुदूरपश्चिममा बढी छ।

आफ्नो गाविसमा हुने जुनसुकै काममा अधिकांश महिलाको सहभागिता रहने वासुदेवी गाविसका कर्मचारी डम्बर भट्ट बताउँछन्। ‘गाविसका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने गरेकाले गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन्', उनले भने।

गरिबी, बेरोजगारीलगायत समस्याले जिल्लाका अधिकांश पुरुष रोजगारीका लागि भारत जाने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण शर्माले बताए। खुला सिमाना र थोरै रकमले समेत जान सकिने भएकाले अन्य मुलुकको तुलनामा रोजगारीका लागि भारत जाने बढी रहेको उनको भनाइ छ। ‘डोटी मात्र नभई सुदूरपश्चिममै भारत जानेको संख्या बढी छ। त्यसैले सरकारले यो क्षेत्रमा रोजगारी सृजना गरी गारिबी निवारण गर्नुपर्छ', उनले भने।

विगतदेखि नै यी क्षेत्रका मानिस रोजगारीका लागि भारत जाने क्रम रहेको र अब भने त्यसलाई व्यवस्थित गर्नुपर्ने निड्स नेपाल डोटीका प्रमुख प्रकाश मडैको भनाइ छ। ‘कमजोर सरकार भएका कारण प्रत्येक दिन भारत जानेको संख्यामा वृद्धि भइरहेको छ', उनले भने। डोटीबाट रोजगारीकालागि भारत गएकामध्ये कतिपय मानिस बर्सौंदेखि सम्पर्कविहीन हुने गरेको समेत उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.