शाहरुख खानलाई ट्रेनमा महिलाको थप्पड !
बलिउडका बादशाह शाहरुख खानलाई ट्रेनमा यात्रा गरिरहेको बेला एक महिलाले थप्पड हानेकी छिन्। फिल्म 'रईस'को प्रोमोशनको लागि मुम्बईबाट दिल्ली आउनेक्रममा उनलाई एक महिलाले थप्पड हानेकी हुन्।
मुम्बई-दिल्लीको बीचमा आउने विभिन्न स्टेशनहरुमा उनलाई फ्यानहरुले फछ्याउने क्रममा एक महिला समर्थकले थप्पड हानेकी हुन्। ट्रेनमा शाहरुखसँगै अभिनेत्री सन्नी लियोन समेत साथमा यात्रा गरिरहेकी थिइन्। स्टार बनेपछि शाहरुखको सन्नीसँग यो पहिलो यात्रा रहेको भारतीय बलिउड समाचार माध्यमले उल्लेख गरेको छ। तर उनीसँग ट्रेनमा रितेश सिद्वानी र राहुल ढोलकिया समेत उपस्थित थिए।
शाहरुखले यात्रामा क्रममा आफ्ना फ्यानसँग समूहमा इन्टरभ्यू, छलफल र सुख-दु:खको कुरा समेत गरेको बताइएको छ। उनले ट्रेन यात्राको क्रममा रोच प्रसँग सुनाउँदै भने, 'म एक पटक आफ्ना साथीहरुसँग रेलमा यात्रा गरिरहेको थिए, ट्रेनमा हाम्रो सिट रिजर्भ भइसकेको थियो। तर स्टेशनमा रेल रोकिदा थप अरु मानिसहरु पनि चढे र त्यही चढ्ने क्रममा एक महिलाले मलाई सिटबाट हट्न भनिन्। मैले नमानेपछि उसले उनले गाली गर्दै झापड हानिन्।म चुपचाप सिटबाट उठेर उभिइरहे।'
उनले पत्रकारहरुसँग ट्रेनमा आफूले लामो यात्रा नगरेको तर विदेशमा ट्रेनमा भने घुम्ने गरेको बताए। यसका साथै उनले आफ्नो श्रीमति र छोराछोरीका साथमा पनि यात्रामा गइसकेको अनुभव सुनाए।
यस्तै, शाहरुखको 'रईस'को प्रोमोशनको क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। उनी ओर्लिने ठाउँमा फ्यानको भीडमा लागेपछि भागदौड मच्चिएपछि फरिद खानको ज्यान गएको हो। उनले फरिदको मृत्युप्रति दु:ख व्यक्त गरेको छ।