आजदेखि नेपाल आइडल

आजदेखि नेपाल आइडल

नेपालगन्जः विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज ‘आइडल'को नेपाली संस्करण ‘नेपाल आइडल'को अडिसन बुधबारदेखि सुरु हुँदैछ । नेपालगन्जमा दुई दिनसम्म हुने अडिसनपछि नेपाल आइडल टोली देशका अरू मुख्य सहरमा अघि बढ्नेछ । गायन क्षेत्रमा रुचि राख्ने प्रतिभाहरू अहिले उत्साहित देखिएका छन् । अडिसन सुरु हुने अघिल्लो दिनदेखि नै फाराम लिने र त्यसका बारेमा चासो राख्ने किशोरकिशोरीको भीड बढ्दो छ ।

नेपालगन्जको जयबागेश्वरी विद्यालयमा ७ बजेदेखि सुरु हुने अडिसनको सबै तयारी पूरा भइसकेको नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । ‘हामीले सबै तयारी पूरा गरिसकेका छौं, बिहान ७ बजेदेखि अडिसन सुरु हुन्छ', पौडेलले भने, ‘नेपालगन्ज र आसपासका क्षेत्रमा उत्साहजनक सहभागिता हुनेछ ।' उनका अनुसार नेपालगन्जबाट मात्रै कम्तीमा एक हजारले अडिसनमा भाग लिने अनुमान गरिएको छ । नेपालको सांस्कृतिक र सामाजिक विविधताभित्र एक अलग प्रतिभाको खोजी सुरु भएको उनको भनाइ छ ।

निकट भविष्यमै नियमित प्रसारणको तयारीमा रहेको नेपालको पहिलो एचडी टेलिभिजन एपी वानको प्रस्तुति यस प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाले निःशुल्क प्रतिस्पर्धा गर्न पाउनेछन् । माघ १२ गते नेपालगन्जबाट सुरु हुने अडिसन बुटवलमा माघ १५, नारायणगढमा माघ १८, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवं काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ ।

प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् । प्रतियोगिताको स्तर र पुरस्कार राशिले धेरैलाई आकर्षित गरेको छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.