ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन्।

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको बताएका थिए।

अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उनीहरुबीच छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै उनको भारतप्रतिको मित्रभावलाई स्वीकार गरेका छन्।

हिन्दूहरुको पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचारप्रसार गरिदिएको पनि मोदीले टेलिफोन वार्ताका क्रममा उल्लेख गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरुसँग मिलेर काम गर्न चाहेको बताएका थिए। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.