चपली हाइटका नायकको घरमा लुटपाट, दुई पक्राउ

चपली हाइटका नायकको घरमा लुटपाट,  दुई पक्राउ


काठमाडौं: चपली हाइटका नायक राज घिमिरेको घरमा सांघातिक आक्रमण गरी लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकासध्वज कार्की र र विश्वराज राई रहेको सातदोबाटो प्रहरीवृत्त प्रमुख रामेश्वर यादवले जानकारी दिए।

उनका अनुसार कामको शिलशिलामा नायक घिमिरे बाहिर हुँदा उनको गोदावरीस्थित राति घरमा हतियारधारी समूहले परिवारका सदस्यमाथि आक्रमण गरेका थिए। हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरि गहना समेत लुटेका थिए। ललितपुर प्रहरीवृत सातदोबाटोमा उजुरी दिएका घिमिरेले प्रहरीसँग आफू र आफ्नो परिवारको जिउधनको सुरक्षाको माग गरेका थिए।

यादवका अनुसार घटना भएको दुई दिनपछि ६ गते फेरी आक्रमणकारीहरुले मध्यरातमा आएर ढुंगामुढा गरि गेट, पर्खाल भत्काइ दिएका थिए भने झ्यालका सिसाहरु फुटाइ दिएका थिए। उनले भने ' राजको घरमा आक्रमण गर्नेहरुलाई अर्को योजना बनाइरहेको बेला होटेलबाट पक्राउ गरेर अनुसन्धान गरिरहेका छौ।'

प्रहरीका अनुसार घटनाको नाइके मानिएका युथफोर्स नगर अध्यक्ष प्रविन थापालगायत फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको छ।

यता, घटना भएको क्षेत्र गोदावरी नजिक वाणेगाउँ प्रहरीले दोषीको पहिचान गरि कारवाही गर्नुपर्नेमा हालसम्म पनि खोजिकार्य नगरेको र पक्राउ पनि नगरेको स्थानीले गुनासो गरेका छन्।

यस्तै नायक घिमिरेले यसरी लगातार आफू र आफ्नो परिवारमाथि आक्रण भईरहदा आफू निकै दु:खी भएको प्रतिक्रिया दिएका छन्। उनले भने, 'मैले न्याय पाउनुपर्छ, समाजको लागि केही गर्छु भनेर हिडेको मान्छेलाई राजनितिक आवरणमा किन आक्रमण गरिन्छ?' उनले राम्रो काम गर्नेलाई यो मुलुकमा कुनै स्थान नभएको दुखेसो पोखे।

नायक घिमिरेका शुभचिन्तकहरुले पनि राजको जिउधनको सुरक्षाको माग गर्दै प्रहरी प्रशासन निकायलाई ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.