६ महिनामा तीन लाख बिदेसिए

६ महिनामा तीन लाख बिदेसिए

काठमाडौः चालू आर्थिक वर्ष २०७३/७४ को ६ महिनामा तीन लाखभन्दा बढी युवा कामका लागि विदेश गएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा थोरै कम हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षका पुस मसान्तसम्ममा वैधानिक श्रम स्वीकृत लिँदै काममा लागि तीन लाख ११ हजार पाँच सय २५ युवा विश्वका विभिन्न देशमा पुगेका छन् ।

यो संख्या गत आर्थिक वर्षका सोही अवधिको तुलनामा दुई हजार एक सय ९४ कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालबाट कामका लागि तीन लाख १३ हजार पाँच सय २५ जना युवा विदेसिएका थिए ।

विभागबाट एक सय १० भन्दा बढी मुलुकमा श्रमस्वीकृति लिएर युवा काममा लागि जान पाउने व्यवस्था छ । गत आर्थिक वर्ष नयाँ भिसामा जाने कामदारको संख्या कमी आए पनि बिदामा आई पुनः विदेश जानेको संख्या बढी थियो । चालू आर्थिक वर्ष भने नयाँ भिसामा कामका लागि बिदेसिने युवाको संख्या बढ्दो छ ।

गत आर्थिक वर्ष मलेसियाले नयाँ कामदार लैजान लगाएको प्रतिबन्ध र खाडी मुलुकमा आएको आर्थिक संकटका कारण नयाँ भिसामा कामका लागि विदेश जानेको संख्यामा कमी आएको थियो ।

तर, चालू आर्थिक वर्षको सुरुसँगै मलेसियाले पुनः कामदार लैजाने भन्दै गरेको निर्णय र खाडी मुलुकको प्रमुख आय स्रोतमध्येको कच्चा तलेमा आएको मूल्य सुधारकै कारण त्यसतर्फ जाने कामदारको संख्या निरन्तर बढ्दो छ । त्यसमा पनि २०१८ मा कतारमा हुने विश्वकप फुटबलका लागि पूर्वधारको निर्माण तीव्र चलिरहेका छ ।

यसका कारण यस अवधिमा नेपालबाट मात्रै २० हजारका हाराहारीमा कामदार कतार गएका छन् । कतार नेपाली कामदारका लागि पहिलो गन्तव्यसमेत बनिसकेको छ । तर, मलेसिया, दुबई र साउदीमा जस्तो सीपमूलक कामदारको माग भने कतारमा छैन । सामान्य लेखपढ गर्न सक्ने र सस्तो सेवा सुविधा भएको कामका लागि कतारबाट कामदार माग हुन्छ ।

मलेसिया र साउदी छाडेर म्यानपावर व्यवसायीले अहिले कामदार कतार पठाइरहेका छन् । अन्य देशबाट भिसा ल्याउने बजार प्रतिस्पर्धा पनि बढ्दो छ ।

त्यसका कारण पनि म्यानपावर व्यवसायीले कतारबाट आउने फ्री भिसा तथा टिकट र कम्पनीलाई आउने सेवा शुल्कसमेत पाउने हुँदा व्यवसायीले कतारलाई नै जोड दिइरहेका छन् ।

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.