४४ थान राहदानीसहित पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

४४ थान राहदानीसहित  पक्राउ परेका चिनियाँ नागरिक दूतावासको जिम्मा

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित गएराति पक्राउ परेका एक चिनियाँ नागरिकलाई प्रहरीले आज नेपालस्थित चिनियाँ दूतावासको जिम्मा लगाएको छ।

बुधबार राति १० बजे ड्रागन एयरबाट हङ्कङ जान लागेका वइविन हि नामका चिनियाँलाई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।

विमानस्थलमा जाँचका क्रममा उनको साथमा रहेको ब्यागमा ४४ थान चिनियाँ राहदानी भेटिएपछि प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक गोविन्द निरौलाले पक्राउ परेका हि लाई आज दिउँसो दूतावासको जिम्मा लगाइएको जानकारी दिए।

नेपालको राहदानी ऐन र अध्यागमन ऐनमा त्यसरी अर्काको राहदानी लिएर हिँड्ने विदेशीलाई कारबाहीको व्यवस्था नभएको भेटिएपछि कानुनी कारबाही अगाडि नबढाई दूतावासको जिम्मा लगाइएको उनले बताए।

पक्राउ परेका हिले बयानका क्रममा आफू व्यवसायी भएको तथा साउदी अरबको प्रवेशाज्ञा लगाउन आफूले राहदानी लिएर हिँडेको बताएका थिए । उनी गतहप्ता नेपाल आएका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.