धुर्मुस-सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग
काठमाडौं : धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग प्राप्त भएको छ । एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया पुगेका सितारम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई १२ लाख सहयोग रकम प्राप्त भएको हो ।
अष्ट्रेलियाको एडिलेटमा भएको एक डिनरबाट उक्त रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छ ।
मुसहर बस्ती निर्माणको सहयोगार्थ रकम संकलनका लागी अष्ट्रेलियाबाट उठेको यो दोश्रो ठूलो सहयोग हो । बहिबार साँझ भएको फन्ड राईजिङ डिनरबाट १२ लाख ४५ हजार ७ सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष कट्टेलले जानकारी दिए।
अष्ट्रेलियामा रहेका सहयोगीलाई फाउण्डेसनका अध्यक्ष कट्टेलले सहयोगको लागी आफ्नो सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन् । अष्ट्रेलिया नजिक अथवा जुनसुकै देशबाट पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाको सम्पर्क नम्बर ०४५२१५९८११ मा सम्पर्क गर्न सक्नेछन् ।
धुर्मुस सुन्तलीले बताएअनुसार सिधै सम्पर्कका लागि यो नम्बर उपलब्ध गराइएको हो। यसअघि पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाबाट १७ लाख सहयोग प्राप्त भएको थियो।