बुटवल अडिसनको तयारी पूरा

बुटवल अडिसनको तयारी पूरा


बुटवल: एपी वान टेलिभिजनले भित्र्याएको फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको बुटवलमा हुने अडिसनको तयारी पूरा भएको छ।

नेपालगन्जबाट सुरु भएको अडिसन शनिबार बुटवलमा हुँदैछ । बुटवलको कालिका उच्च माविको आँगनमा हुने अडिसनको प्रचारप्रसार तीव्र गरिएको छ।

बुटवल बजार आइडलको ब्यानरले रंगिएको छ । सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको आइडलमा अडिसन दिन बुटवलमा एक हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

गायनमा रुचि राख्नेका लागि अडिसन अवसरका रूपमा लिइएको छ। बुटवलमा हुने अडिसनका लागि लुम्बिनी अञ्चलका सबै जिल्लामा प्रचार गरिएको एपी वानका स्थानीय व्यवस्थापक राधेश्याम विश्वकर्माले बताए।

कालिकानगरमा रहेको कालिका माविमा बिहानदेखि अडिसन सुरु हुनेछ । प्रतियोगिताका निर्णायक संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी शुक्रबार बुटवल आइपुग्दै छन्।

प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाले मात्रै निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ। बुटवलपछि नारायणघाटमा माघ १८, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवम् काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ।

प्रतियोगिताको विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप एक सय कार, २० लाख रुपैयाँ नगद र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.