वर्षामा पारदर्शी हुने अनौठो फूल ( फोटोफिचर )
संसारमा अनेक प्रकारका फूलहरु पाइन्छ। सबै फूलको आ-आफ्नै विशेषता हुन्छ। तीमध्ये एउटा यस्तो फूल जसको आकार विभिन्न रुपमा देख्न सकिन्छ।
यो फूलको नाम हो डिफिलिया ग्रायी (Diphylleia grayi)। यो फूलको विशेषता अनौठो प्रकारको छ। वर्षामा भिजेपछि यो फूल पुरै पारदर्शी हुन्छ भने वर्षा रोकिएपछि फेरि सेतोमा परिणत हुन्छ।
जापान, चीन र अमेरिकाको पहाडि क्षेत्रमा पाइने यो फूललाई स्केलेटन फ्लावर समेत भन्ने गरिन्छ।