भर्नाबिनै स्ववियु निर्वाचन तालिका

 भर्नाबिनै स्ववियु निर्वाचन तालिका

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १४ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपनि केन्द्रीय क्याम्पसमा नयाँ विद्यार्थी भर्ना नखोलेकोमा विद्यार्थी संगठनहरुले भने आपत्ति जनाएका छन् ।

सेमेष्टर प्रणालीको बार्षिक क्यालेण्डर अनुसार नियमित खोल्नुपर्ने भर्ना समेत नखोली बिद्यार्थीले चुन्न र चुनिन पाउने अधिकारबाट बन्चित गराएको भन्दै केन्द्रीय क्याम्पसका अनेरास्ववियु नेता माधव पन्तले आपत्ति जनाए ।

२०२० सालमा पहिलो पटक कीर्तिपुरमै स्वबियुको स्थापना भएपनि विद्यार्थी भर्ना बिनै चुनाब गर्न खोज्नु उचित नभएको उनको भनाई थियो । ‘कसकोबीचमा टियुले चुनाव गराउन खोज्दैछ, हजारौ बिद्यार्थीको चासोको बिषय बनेको छ' पन्तले भने । विद्यार्थीको चुनाव विद्यार्थीका लागि हुनुपर्ने भएपनि टियुले विद्यार्थी आन्दोलन कमजोर पार्ने हेतुले विद्यार्थी बिनै निर्वाचन गर्न लागेको आरोप लगाए ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले नयाँ भर्नाबारे आफूलाई थाहा नभएको बताए । नयाँ भर्नाबारे आफू जानकारी नभएपनि ‘कार्यतालिका अनुसार चुनाव हुने उनले विश्वास व्यक्त गरे । ‘कार्यतालिका सार्वजनिक हुनु नै चुनावको तयारी नै हो, केन्द्रीय क्याम्पसमा अहिले पनि दुई ब्याचका विद्यार्थी छन्' उनले भने ।

निर्वाचन कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने रहेको छ । 

 ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको त्रिविले पहिलोपटक उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको छ ।  यसैबीच यसअघि नै त्रिविले फागुन ५ गते त्रिवि कर्मचारी युनियनकोसमेत निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेकाे छ । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.