दृष्टिविहीनका लागि घर बनाउने हाँस्यकलाकार जिग्री र पाँडेको घोषणा (भिडियो)
काठमाडौं : हास्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले सामाजिक कामका लागि आफ्नो कमाइको पाँच प्रतिशत लगानी गर्ने घोषणा गरेका छन्।
सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले जिग्री र पाँडेले यस्तो घोषणा गरेका हुन् । आफ्नो कमाइको अलवा जिग्री-पाँडे प्रतिष्ठानले वार्षिक दश वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले जानकारी दिए।
सामाजिक कामका लागि स्थापना गरिएको जिग्री-पाँडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरीया ४, प्रवाहका दृष्टिविहीन ३ परिवारका लागि घर बनाउने घोषणा गरेको छ। युवा सामाजिक अभियान्ता रमेश प्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा समाज सेवाको योजना बनेको जिग्री र पाँडेले बताएका छन्।
दृष्टिविहिनका लागि घर बनाउने अभियानका लागि सहयोग गर्न प्रतिष्ठानको कृषि विकास बैंकको खाता नम्बर ०२१०६०११२९५९३०१२ वा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको नाममा रेमिट्यान्समार्फत् पनि सहयोग पठाउन सकिने जीग्री र पाँडेले जानकारी दिएका छन् ।