दीगो विकासबारे आईसीटी सम्मेलनमा बहस
काठमाडौं: सामसुङको प्रायोजनमा दुई दिने आइसीटी सम्मेलन २०१७ सुरु भएको छ।राजधानीको भृकुटीमण्डपमा जारी 'सुबिसु क्यान इन्फोटेक २०१७' को चौथो दिन सामसुङको सहप्रायोजनमा क्राउन प्लाजा सोल्टीमा सुरु भएको हो
सम्मेलनमा नेपालको सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तक्रिया भइरहेको छ। सोल्टी क्राउन प्लाजामा आयोजना हुने सम्मेलनमा 'इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी फर सस्टेनेबल डेभलपमेन्ट' विषयमा बहस भइरहेको छ।
इन्फोटेकको शीर्ष प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टीभीको कम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। सुबिसुले मात्र सात हजार नौ सय ९९ मा यो कम्बो अफर ल्याएको छ।
त्यसैगरी नेपाली उपभोक्तालाई लक्षित गरी ल्याइएका सामसुङका स्मार्टफोनमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। सामसुङले इन्फोटेकमा ६ जीबी र्याम भएको सी ९ प्रो र ग्यालेक्सी अन सेभेन प्रो र जे २ एस मोबाइलमा विशेष छुटसहित प्रदर्शनी भइरहेको छ।
क्यान इन्फोटेकमा आइतबारलाई बिजनेस डे घोषणा गरिएको छ। उक्त दिनको प्रवेश शुल्क सय तोकिएको छ। उक्त दिन विशेष गरी बिजनेस हाउसले आफ्नो व्यापार प्रवद्र्धनका लागि विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन्।