नेपाल आइडलको सपना खोज्दै बुटवलसम्म

 नेपाल आइडलको सपना खोज्दै बुटवलसम्म

बुटवल: स्याङ्जाका नभ थापा एकाबिहानै बुटवलको कालिकानगरमा गितारको धुनमा झुम्दै थिए। रातभर परेको पानीले चिसिएको मौसमको उनलाई प्रवाह थिएन।

उनको चासो थियो केवल कालिका उच्च माविको गेट कहिले खुल्ला भन्नेमा। दुई दिनअघि बुटवल झरेका उनी निकै उत्साहित थिए।
सधैं टेलिभिजनमा देखिइरहने आइडल कार्यक्रममा उनी स्वयं सहभागी हुँदै थिए।

‘मैले कहिले १५ गते आउँछ भनेर कुरिरहेँ', गितारबाट हात हटाउँदै उनले भने, ‘निकै उत्साहित छु।' रूपन्देही तिलोत्तमाका अमित रायमाझीमा पनि कम्ती उत्साह थिएन। कक्षा ९ मा पढ्दै गरेका उनी परीक्षाको तयारी छाडेर नेपाल आइडलको अडिसनमा सहभागी भएका हुन्। संगीतको कक्षा लिइरहेका १६ वर्षे अमित भन्छन्, ‘आइडल मेरो सपना हो, छनोट हुने आशा छ।'

बुटवल कालिका माविको गेटबाहिर शनिबार बिहानै किशोरकिशोरीको बाक्लो जमघट थियो। कानमा एअरफोन सिउरेका उनी गीत गुनगुनाइरहेका थिए। बिहान १० बजेतिर गेट खुलेपछि सहभागीको उत्साह झनै बढ्यो।

नेपाल आइडलको ब्यानरमा सजिएको कालिका माविको प्रांगणमा अडिसन दिनेको भीड साँझसम्मै रह्यो। ‘बुटवलको अडिसनमा उत्साहजनक सहभागिता भयो', नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेलले भने।

एपीवान टेलिभिजनले भित्र्याएको नेपाल आइडलको अडिसन शनिबार बुटवलमा भएको हो। माघ १२ गते नेपालगन्जमा पहिलो अडिसन भएको थियो। प्रतियोगितामा निर्णायक संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले प्रतिभाको अवलोकन गरेका थिए।

अडिसनमा लागि सुदूरपश्चिमदेखि मध्यमाञ्चलसम्मका किशोरकिशोरी सहभागी थिए। बुटवलपछि नारायणगढमा माघ १८ गते अडिसन हुँदैछ। त्यसपछि वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवं काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.