फ्रान्सकी आइरिसलाई 'मिस युनिभर्सको उपाधि (फोटो फिचर)

फ्रान्सकी आइरिसलाई 'मिस युनिभर्सको उपाधि (फोटो फिचर)

मिस युनिभर्स २०१६ को ताज मिस फ्रान्सकी २३ वर्षीया आइरिस मित्तेनायरले जितेकी छिन्।फिलिपिन्सको राजधानी मनिलामा आइतबार आयोजित मिस युनिभर्सको भव्य समारोहमा आइरिसले ८६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि उचालेकी हुन्।

आइरिसलाई 'मिस युनिभर्स २०१६'को ताज यसअघिकी मिस युनिभर्स पिया वुट्सबाखले शीरमा पहिर्‍याइ दिएकी थिइन्। आइरिसले फ्रान्सलाई ६४ वर्षपछि मिस युनिभर्सको उपाधि दिलाएकी हुन्। मिस युनिभर्समा भाग लिएका मध्ये उनी ५६ नम्बरकी प्रतियोगी हुन्। के के छन् त आइरिसको विशेता ?

१.डेन्टल सर्जरीमा डिग्रीको पाँचौ ब्याचकी विद्यार्थी
उत्तरी फ्रान्समा जन्मिएककी उनी डेन्टल सर्जरीको पाँचौ ब्याचकी विद्यार्थी हुन्। दाँतको विद्यार्थी भएकाले उनी दाँतको हेरचाह गर्ने विशेष रुचाउँछिन्। उनले दाँतको बारेमा विश्‍वभर जनचेतना अभियान गर्ने लक्ष्य लिएकी छन्।

२.खेल विशेष मन पर्छ
खेलमा उनको विशेष अभिरुची छ। स्काइ डाइभिङ, बन्जी जम्पिङ र ह्याङग्लाइडिङ खेल्‍न उनी रुचाउँछिन्। यसका साथै उनी अन्य खेलहरुमा पनि त्यतिकै सहभागी हुने गर्छिन्। उत्तरी फ्रान्समा खेलिने स्काइ डाइभिङमा उनलाई निक्‍कै अनुभव भएको बताउँछिन्।

३.फ्रेन्च फुड पकाउन पोख्त
उनी फ्रेन्च फुड पकाउन निक्‍कै सिपालु छिन्। उनलाई पकाउन भनेपछि निक्‍कै जागर चल्छ र उनले आफ्ना घरमा आएका पाहुनाहरुलाई विशेष गरी फ्रेन्च फुडको स्वाद चखाउछिन्।

४.फ्रान्सको निन्जा वारियरमा सहभागी
खेलको फ्यान भएकैले आइरिसले फ्रान्समा चर्चित खेल 'निन्जा वारियरको पनि अनुभव बटुलेकी छिन्। उनले यो अनुभव भने सानैदेखि लिँदै आएकी हुन्। एक पटक उनी पहिलो राउण्डमै चिसो पानीमा खसेकी थिइन्। तर उनले निन्जा वारियरमा खेल्‍न र रमाउन भने कायमै राखिन्।

५.गायिका वियोन्सको फ्यान
आइरिस चर्चित अमेरिकी गायिका तथा नायिका वियोन्सको फ्यान हुन्।उनलाई वियोन्सले गाएकी 'रन द वर्ल्‍ड गर्ल्‍स' औधि मनपर्छ। रोबर्टो बेनिङगीद्वारा निर्देशित 'लाइफ इज ब्युटिफुल' उनको मन पर्ने चलचि हो।

६.यात्रा गर्न मन पर्छ
मिस युनिभर्स आइरिसले फ्रान्सको प्राय सबै ठाउँ र विश्‍वका केही ठाउँको यात्रा गरेकी छिन्। तर उनलाई संसारको गल्‍ली-गल्ली अझै घुम्‍ने इच्छा लागिरहन्छ। उनी भन्छिन्, 'संसारका धेरै किलोमिटर बाटाहरु मैले यात्रा गर्न बाँकी छ। म त्यो घुम्‍ने अवसर जुटाउँछु।' (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.