जापानमा बीपी चिन्तन तथा गणेशमान फाउण्डेशन स्थापना

जापानमा बीपी चिन्तन तथा गणेशमान फाउण्डेशन स्थापना

काठमाडौं: नेपालका महान नेताद्धय बीपी कोइराला र गणेशमान सिहको विचार र वलिदानीपूर्ण जीवन सघर्षको अध्ययन, अनुसन्धान, सोध गर्दै बर्तमान विश्व समाज र मानव जीवनको बिकासमा यसको उपादयता लाइ साकार रुप दिने उदेश्यले बीपी चिन्तन तथा गणेशमान फाउण्डेशनको स्थापना गरिएको छ।

शनिबार जापानको टोकियोमा सम्पन्न बौद्धिक ब्यक्तिहरुको बृहत भेलाले बलराम श्रेष्ठको अध्यक्षतामा ३७ सदस्यीय फाउण्डेशन स्थापना गरेको हो।फाउण्डेशनले बीपीको प्रजातान्त्रीक समाजवाद र गणेशमानको वलिदानीपूर्ण राजनीतिका जीवनलाई जापानी, नेपाली तथा बिश्व समुदायबीच फैलाउने गरी विभिन्न कार्यक्रम गर्ने भएको छ।

'फाउण्डेशनमा जापानमा बसोबास गर्ने समाजसेबी, ब्यापारी, कानुन ब्यबसायी, बिद्याबारिधि गर्नु हुने बौद्धिक बर्ग, मेडिकल डाक्टर, इन्जिनियर, मानवअधिकारबादी तथा विद्यार्थीहरु सहभागि हुनुहुन्छ' नवनिर्वा्चित अध्यक्ष श्रेष्ठले भने।

फाउण्डेशनले नेपाली र जापानिज समाजमा शान्ति, सुसस्कृत, नैतिकबान, आत्मा बिस्वासी सबल ,लोकंमुख बनाइँ बिश्व ब्यापिकरणको आजको आधुनिक युगमा आफ्नो सदस्य तथा हरेक मानबलाइ वैश्विक मानव संसाधन बन्न उत्प्रेरित गर्ने छ साथै राजनीतिक ,सामाजिक ,आर्थिक ,सास्कृतिक र नबिन सिदान्त हरुको जानकारी गर्न विभिन्न प्रशिक्षण संचालनका र नेपाल र जापानबीचको सम्वन्ध अझै प्रगाण बनाउन भुमिका खेल्ने बताएको छ।

‘हाल बिश्वमा भइरहेको अधिकतम विकासको मूलभुत जानकारीहरुको अध्ययन, अध्यापन, सोध, सेमीनार, पाठ्यक्रम तयार गरि बिश्व समाजलाई मानब कल्याणकारीको पथ तिर अग्रसर गर्न कार्यहरु यसले गर्ने छ' अध्यक्ष श्रेष्ठले भने, ‘बीपी र गणशेमानको विचार फैलाउनेदेखि नेपाल-जापान सम्वन्धमा यो फाउडेशन सक्रिय हुनेछ।'

श्रेष्ठको अध्यक्षताम गठित फाउडेशनको वरिष्ठ उपाध्यक्षमा राजन प्रधानाङ्ग, दुई उपाध्यक्षमा आकेमी मिजुबा र नारायण सुबेदी, सचिवमा इमुरा हिरोको, सहसचिवमा डा.मनोहर लाल श्रेष्ठ र कोषध्यक्षमा सुजन जोशी चयन भएका छन्। सदस्यहरुमा डा .सन्दिप शाक्य, डा .सन्तोष श्रेष्ठ, योसिफुमी नीन्, बिनोद शेरचन, इन्दिरा सुजुकी, आकेमी उचिदा, लक्ष्मन श्रेष्ठ, कृष्ण भण्डारी, केदार श्रेष्ठ, रुमी शाक्य, इशोर जोशी, बिष्णु पाण्डे, अमर केसी, उतम प्रधान र गंगा शाही चयन भएका छन्।

त्यस्तै सदस्यमै यम कुमार बुढाथोकी, हंसराज राउत, शम्भु श्रेष्ठ, ऋद्धिबहादुर तुम्बाहाम्फे, मिना श्रेष्ठ, बिनी तामाङ, बिनोद भट्टराई, गीता प्रधान, रोशन केसी, पदम प. चापागाई, बिष्णु अर्याल, रामकृष्ण बम मल्ल, नबराज थापा, रेसम डंगोल, आनन्द बहादुर क्षेत्री र भेष नारायण श्रेष्ठ छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.