नेपाल आइडलको अडिसन आज नारायणगढमा

नेपाल आइडलको अडिसन आज नारायणगढमा

नारायणगढ (चितवन): फ्रेमन्ट्ले मिडिया र नाइन्टिन टीभीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज नेपाल आइडलको अडिसन धमाधम अगाडि बढेको छ।

नेपालगन्जबाट गत साता सुरु भएको अडिसन यात्रा बुटवल हुँदै चितवनको नारायणगढ आइपुगेको छ। नेपाल आइडलको नारायणगढ अडिसन मंगलबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ।

नारायणगढस्थित बालकुमारी उच्च माध्यमिक विद्यालयमा हुने अडिसनमा पाँच सयभन्दा बढी युवकयुवतीले भाग लिने अनुमान गरिएको छ। नारायणगढ अडिसनका लागि नवलपरासीको कावासोती, मकवानपुरको हेटौंडा, चितवनको नारायणगढ, भरतपुर, चनौली, रत्ननगर लगायतका ठाउँबाट फारम वितरण गरिएको छ।

अडिसनका लागि चितवन, नवलपरासी, मकवानपुरसहित देशका अन्य जिल्लाबाट समेत गायनमा रुचि भएकाहरूले फारम भरेका छन्।एपी वान टेलिभिजनबाट प्रसारण हुने बहुप्रतीक्षित गायन प्रतियोगिता नेपाल आइडलका विजेताले ३१ लाख ४५ हजार रुपैयाँ पर्ने महिन्द्रा केयूभी एक सय ब्रान्डको कार, २० लाख रुपैयाँ नगद र १५ लाख रुपैयाँ बराबरको आइडल एल्बम पुरस्कारका रूपमा प्राप्त गर्नेछन्।

नेपाल आइडल पावर्ड बाई अग्नि ग्रुपको एसोसिएट स्पोन्सरमा होम ग्लोरी किचेन एप्लाइन्सेज र हिमाल स्टिल रहेका छन्। नेपाल आइडलका अन्य अडिसन माघ २१ गते शुक्रबार वीरगन्जको ज्ञानवाटिका उच्च माध्यमिक विद्यालय, रानीघाट रोडमा आयोजना हुनेछ।

यसैगरी माघ २४ र २५ गते विराटनगरस्थित श्री आदर्श उच्च माध्यमिक विद्यालय, माघ २९ र फागुन १ गते पोखराको गैरापाटनस्थित नवीन उच्च माध्यमिक विद्यालय एवं फागुन ७ र ८ गते ललितपुरको जावलाखेलस्थित डीएभी स्कुलमा नेपाल आइडलको अडिसन हुँदैछ। प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, संगीतकार न्ह्यु वज्राचार्य र कालीप्रसाद बास्कोटा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.