धुर्मुस-सुन्तलीलाई मेलबर्नबाट १९ लाख सहयोग

धुर्मुस-सुन्तलीलाई मेलबर्नबाट १९ लाख सहयोग

काठमाडौं : एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका हाँस्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई मेलबनबाट १९ लाख सहयोग रकम जुटेको छ ।

धुर्मुस र सुन्तीले तीन दिनमा विभिन्न कार्यक्रम र व्यक्तिगत सहयोगबाट प्राप्त गरेको सहयोग रकम १९ लाख पुगेको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ।

सिड्नीमा १७ लाख नेपाली सहयोग रकम संकलन गरेका धुर्मुस सुन्तलीले धुर्मुस सुन्तली साँझसहित मेलवर्नका विभिन्न सहयोगी हातबाट १९ लाख ६३ हजार ७ सय ५५ रुपैयाँ संकलन गरेका हुन्।

कार्यक्रममा धुर्मुस सुन्तलीको बिशेष प्रस्तुति रहेको थियो भने अन्य कलाकारहरुले पनि प्रस्तुति दिएका थिए। मेलवर्न कार्यक्रमका आयोजक कृष्ण न्यौपानेसहित मेलवर्नमा रहेका नेपाली समुदाय र नेपाली मुलका भुटानी समुदायका सहयोगीलाई सहयोगका लागि धन्यवाद दिएका छन्।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले थप सहयोग गर्नको लागि समेत अष्ट्रेलियामा रहेका सबैलाई आग्रह गरेका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.